शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

असन्तुष्ट पक्षलाई मुलधारमा ल्याउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

बुधबार, २४ जेठ २०७४, ११ : ५८
बुधबार, २४ जेठ २०७४

काठमाडौ, जेठ २४ –नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्ट पक्षलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्याई संविधान कार्यान्वयन गराउने प्रतिवद्धता जनाएका छन् ।

बुढानिलकण्ढस्थित निवासमा बुधबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री देउवाले सबैलाई मिलाएर संविधानको कार्यान्वयन गराउनुनै आफ्नो पहिलो प्राथमिकता बनेको बताए ।

मधेसी जनताका माग सम्बोधन गर्दै स्थानीय तहको दोश्रो चरणको निर्वाचन स्वतन्त्र, निश्पक्ष र शान्तिपुर्ण ढंगले सम्पन्न गरी आगामी माघ ७ गते भित्र प्रदेश र संघीय निर्वाचन गराउने मुलभुत दायित्व पुरा गर्न आफुले सक्दो पहल गर्ने देउवाको प्रतिवद्धता छ ।

उनले आफ्नो नेतृत्वको सरकारले नेपालको लोकतन्त्र बलियो र संस्थागत गराउदै विकासको ढोका खोल्ने विश्वास लिएको बताएका छन् ।

मंगलबार व्यवस्थापिका संसदबाट ३ सय ८८ मत लिएर निर्वाचित भएका प्रधानमन्त्री देउवाले बुधबार अपरान्ह २ बजे पद तथा गोपनियताको सपथ लिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप