शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादीले टुंगो लगायो तीन मन्त्रीको नाम, महरा उपप्रधान तथा परराष्ट्रमन्त्री, जनार्दन गृहमन्त्री

बुधबार, २४ जेठ २०७४, १२ : २०
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४– नेकपा माओवादी केन्द्रले तीन मन्त्रीको नाम टुंगो लगाएको छ । आज बिहान बसेको माओवादी केन्द्रको हेडक्वार्टर बैठकले कृष्णबहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रका नेता मणि थापाले महराको नेतृत्वमा पार्टी सरकारमा जाने निर्णय भएको रातोपाटीलाई जानकारी दिए । उनका अनुसार महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय सम्हाल्नेछन् । यस्तै जनार्दन शर्माले गृह मन्त्रालय सम्हाल्नेछन् भने प्रभू शाहले विना विभागीय मन्त्रीको रुपमा सपथ लिनेछन् । नाम टुंगो लगाइएका मन्त्रीहरुले  आजै पद तथा गोपनियताको सपथ लिनेछन् । प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ २ बजेको लागि तय भएको र सो लगत्तै अरु मन्त्रीहरुको सपथ हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप