असार १४ को निर्वाचन मिति सार्नुपर्छ : राजेन्द्र महतो
काठमाडौ, जेठ २४ – राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले असार १४ को स्थानीय तह निर्वाचन मिति पुन सार्न माग गरेका छन् । सर्लाहीको मलंगवामा आज पत्रकार सम्मेलन गरी नेता महतोले आफ्ना माग पुरा नभएकाले असार १४ मा निर्वाचन सम्भव नहुने दावी गर्दै मिति सार्न माग गरेका हुन् । पत्रकार सम्मेलनमा नेता महतोले भने ‘ हामी चुनावमा जान आतुर छौ तर, सरकारले हाम्रा माग पुरा गर्नेतर्फ चासो नै देखाएको छैन । यदि सरकारले मधेसमा चुनाव चाहान्छ भने असार १४ को सट्टा २८ वा दुई महिना पछि सार्दा मुलुकमा कुनै संकट आउदैन ।’ बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग पुरा गर्ने प्रतिवद्धता जनाएपनि कहिलेसम्म पुरा गर्ने भन्ने अनिश्चित रहेको महतोको भनाइ थियो । उनले भने ‘ असार १ गतेभित्र सहमति कार्यन्वयन भएपनि हामीलाई चुनावका काम गर्न समय अपुग नै हुन्छ । त्यसैले अरु १४ दिन मिति सार्दा कुनै फरक पर्दैन ।’ उनले शेरबहादुर देउवा नेपाली राजनीतिका अनुभवी खेलाडी भएको भन्दै उनको अनुभव व्यवहारमा प्रयोग गर्न सुझाव दिए । फरक प्रशंगमा नेता महतोले देउवाले विगतमा माओवादीका मागमा वेवास्ता गर्दा ३० हजारले ज्यान गुमाएको समरण गर्दै फेरी त्यस्तो अवस्था आउन नदिन देउवाले सर्तकता अपनाउनुपर्ने बताए । संविधान संशोधन, जनसख्याका आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने आफ्ना मागमा अव राजपाले सहमति नर्गर्ने भन्दै महतोले भएका सहमति व्यवहारमा लागु गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण