इरानको संसदमा गोलीबारी, दुई बम बिस्फोटको आवाज सुनियो, तीन बन्दुकधारीद्वारा थुप्रैलाई बन्धक
बुधबार, २४ जेठ २०७४, १२ : ३७
एजेन्सी
जेठ २४ –
इरानको राजधानी तेहरानमा बुधबार दुई हमला भएको छ । तीन हमलाकर्ताले सुरुमा यहाँको संसदभित्र गोलीबारी गरेका छन् जसमा एकको मृत्यु र दुई घाइते भएका छन् । यसका साथै धार्मिक स्थल खुमैनी स्मारक भित्र पनि गोलीबारी र बमबारी भएको छ । इरानका दुई अर्ध आधिकारिक समाचार एजेन्सी फार्स र मेहरले यो हमलाको पुष्टि गरेको छ ।
एके–४७ लिएर दाखिल भएका थिए हमलाकर्ताः
स्थानीय मिडिया रिपोर्ट अनुसार संसदभित्र तीन हमलाकर्ता छिरेर गोलीबारी सुरु गरे । उनले एक सुरक्षाकर्मीको खुट्टामा गोली हानेका छन् ।
हमलापश्चात् सुरक्षा समूह सर्तक भएको छ भने संसदको सबै गेट बन्द गरिएको छ । साथै, सबै गेटलाई सुरक्षागार्डले घेरेका छन् ।
इरानी सांसद इलियास हजरातीका अनुसार तीन हमलाकर्तामध्ये दुईको हातमा क्लाश्विकोव राइफल र एक हमलाकर्ताले एके–४७ लिएका थिए ।
संसदका साथै धार्मिक स्थल खमैनी स्मारकभित्र पनि गोलीबारी र बमबारी भएको थियो जसमा दुईजना घाइते भएका छन् ।
स्थानीय समाचार एजेन्सीका अनुसार एक हमलाकर्ताले एक स्मारकमा आत्मघाती हमला गरेका थिए । त्यसपछि एक हमलाकर्ताले गोलीबारी गरेका थिए ।
इरानमा इस्लामिक क्रान्तिको नेतृत्व गर्ने अयातुल्ला खमैनीको नाममा उक्त स्मारक बनेको छ र यो संसदबाट २० किलोमिटर टाढा छ ।
#BreakingNews: Three attackers inside #Iran 's Parliament; 2 injured so far; fire exchanges continue
— Tasnim News Agency (@Tasnimnews_EN) June 7, 2017
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण