आठौं कोरियन भाषा परीक्षा : तोकियो परीक्षा केन्द्र (सूचनासहित)
काठमाठौं, जेठ २४–रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत दक्षिण कोरियाको रोजगारीमा जान जाहाने युवाहरुका लागि आगामी जेठ २७ र २८ गते दुई आठौं कोरियन भाषा परीक्षा सञ्चालन हुदैछ । दुई सिफ्टमा सञ्चालन हुने भाषा परीक्षाका लागि इपिएस शाखाले सवै तयारी पुरा गरेको जनाएको छ । नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरियाका लागि दुई चरणमा हुने भाषा परीक्षामा पहिलो चरणको परीक्षा विहान ८ वजेवाट सुरु हुनेछ भने दोस्रो दिउँसो १२ वजेवाट हुने इपिएस कार्यालयले जनाएको छ । विगतमा काठमाडौं उपत्यका वाहिर पोखरामा समेत भाषा परीक्षा सञ्चालन भएकामा यस पटक काठमाडौं र ललितपुरमा मात्र परीक्षा केन्द्र तोकिएका छन् ।
इपिएसले काठमाडौंमा १७ वटा र ललितपुरमा ९ वटा परीक्षा केन्द्र तोकेको जनाएको छ । आठौं पटक हुन लागेको इपिएस भाषा परीक्षाका लागि कूल ७५ हजार ५ सय ८० जनाले आवेदन फाराम भरेका थिए । कोरियाले यस पटक नेपाललाई १० हजार २ सय कोटा तोकेको छ ।
उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि तथा पुशपालनमा ६ हजार २ सय जनालाई रोजगारीका लागि उत्र्तिण गराउने कोरियाको तयारी छ । सन् २००७ मा नेपाल र दक्षिण कोरियावीच रोजगार अनुमति प्रणाली (इपिएस) अन्र्तगत कामदार लिने सम्झौतापछि सन् २००८ मा नेपालमा पहिलो पटक भाषा परीक्षा सञ्चालन भएको थियो ।
त्यसपछि क्रमश ७ पटक भाषा परीक्षा सञ्चालन भइकसेको छ । दक्षिण कोरियाको मनव संसाधन विभागले नेपालमा भाषा परीक्षा सञ्चालन गर्छ । परीक्षाका लागि आवश्यक प्रश्न पत्र रोजगारदाता मुलुकले नै तयार गर्छ भने उत्तर पुस्तिका समेत उसैले जाँच गर्ने गरेको छ । आकर्षक श्रम गन्तव्य मानिएको कोरियामा इपिएस मार्फत करिव ३३ हजार नेपाली कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण