कुलो भत्केपछि गाउँ अन्धकारमा
जुम्ला, २४ जेठ । तिला गाउँपालिका–४ स्थित भेरीखेला लघु जलविद्युत् आयोजनाको विद्युत् कुलो भत्केपछि साँपुल्ली गाउँ एक महिनादेखि अन्धकार भएको छ ।
कुलो नजिक ड्याम बाँधिएको ठाउँको जमिन ६० मिटर भाँसिएर भेरीखोलामा मिसिएपछि विद्युत् पूर्णरुपले बन्द भएको उपभोक्ता समितिका अध्यक्ष दीपबहादुर शाहीले बताए । १९ किलोवाट उत्पादित विद्युत्बाट लाभान्वित ५०० घरधुरी यसबाट प्रभावित भएको आयोजनाको विद्युत् अपरेटर जितबहादुर शाहीले बताए । सामान्य मेहनतले कुलो निर्माण हुन नसक्ने भएकाले विद्युत् बन्द भएको उनले बताए ।
सो कुलो निर्माण गर्न तत्काल रु १० देखि १६ लाख बजेट आवश्यक पर्ने भएकाले कुलो बनाउन नसकिएको उपभोक्ता समितिले जनाएको छ । यसका लागि आर्थिक स्रोत जुटाउन पहल गरिएको छ, अध्यक्ष शाहीले भने । विद्युत् नहुँदा घरेलु तथा साना उद्योग सञ्चालन गर्न गाह्रो हुनुका साथै मोबाइल चार्जका लागि समेत समस्या हुँदै गएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण