बाटोमा भेटिएको सालक प्रहरीको जिम्मामा छोडियो
पाँचथर, २४ जेठ । विश्वमै लोपोन्मुख जङ्गली जनावरको सूचीमा रहेको सालकको लुकिछिपी चोरी सिकारी गर्ने क्रम बढ्दो अवस्थामा रहेको बेला पाँचथरका एक युवाले भने बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा लगाएका छन् ।
फालेलुङ गाउँपालिका–५, लुङमादिनका सन्दिप थाम्सुहाङले सोमबार साँझ बाटोमा भेटेको सालक मङ्गलबार प्रहरीलाई जिम्मा लगाएका हुन् । सदरमुकाम फिदिमदेखि घर फर्किने क्रममा साँझ छ बजेतिर थाम्सुहाङले फालेलुङ गाउँपालिका–७, थोक्पनमा उक्त सालक भेटेका थिए ।
मानिस देखेपछि गोलो बनेर बाटोमै बसेको सालकलाई थाम्सुहाङले घरमा लगी प्राङ्बुङ प्रहरी चौकीमा खबर गरी जिम्मा दिएका हुन् । भाले जातको उक्त सालकलाई जिल्ला वन कार्यालय पाँचथरसँग परामर्श गरी जङ्गलमा छोड्ने वा के गर्ने भन्नेबारे निर्णय हुने प्रहरी चौकी प्राङबुङका असइ बलबहादुर श्रेष्ठले बताए ।
विश्वबाटै लोप भएर जान लागेको सालकको संरक्षण होस् भने आफूले प्रहरीलाई जिम्मा लगाएको थाम्सुहाङले बताए । सालकको खपटा महँगो मूल्यमा लुकिछिपी व्यापारीले खरिद गर्ने गरेका कारण पूर्वी पहाडमा सालकको चोरी सिकारी गर्ने क्रम बढ्दो छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण