निर्वाचन आयोगको निश्पक्षतामाथि प्रश्न उठ्यो : माधव नेपाल
काठमाडौ, जेठ २४ – नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपालले पहिलो चरणमा भएको निर्वाचनका क्रममा आयोगले गरेका निर्णयहरुबाट उसको निश्पक्षतामाथि प्रश्न उठेको आरोप लगाएका छन् । बुधबार प्रेश चोतारीले काठमाडौमा गरेको अन्र्तसम्बादमा नेता नेपालले ललितपुर, भरतपुर र चाँगुनाराणमा आयोगले गरेका निर्णय र व्यवहारका कारण उसको निश्पक्षतामाथि प्रश्न उठेको आरोप लगाएका हुन् । नेता नेपालले भने ‘भरतपुर, ललतिपुर र चाँगुनारायणमा आयोगले निश्पक्ष भुमिका निभएन, उसले सत्ताको दवावमा काम गर्यो । ललितपुरमा ५ सय मत तलमाथि गरियो, चाँगुनारायमा त्यस्तै लफडा गरियो ।’ वर्तमान देउवा नेतृत्वको सरकारलाई एमालेले गुण र दोषका आधारमा हेर्ने भन्दै नेता नेपालले विगतमा नेता देउवामाथि लागेका आरोपहरुको यसपटक काम गरेर सच्चाँउने मौकाको रुपमा लिन सुझाव समेत दिए । एमालेको सरकारप्रति कुनै ध्यान नभएको भन्दै उनले असार १४ को निर्वाचन स्वच्छ, निश्पक्ष, भयरहित र धाँधलीरहित हुनुपर्ने बताए । उनले संविधानमा स्वीकार्यता बढाउने विषयमा एमालेलाई वेवास्ता गरे स्वीकार्य नहुने भन्दै प्रतिपक्षको सल्लाह पनि देशका लागि आवाश्यक ठान्न सुझाव दिए । भरतपुर प्रकरणमा सर्वोच्चको आदेशको एमालेले स्वागत गरेको नेता नेपालको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण