शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

साली सिवानीलाई हिरोइन बनाउँदै निखिल

बुधबार, २४ जेठ २०७४, १३ : ४८
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४ – अभिनेता निखिल उप्रेतीको निर्देशन रहने चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’को मंगलबारबाट छायाँकन सुरु भएको छ । ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा निर्माण हुने प्रचार गरिएको चलचित्रमा सिवानी लुइँटेल मुख्य नायिकाको रुपमा देखिने भएकी छन् । सिवानी निर्देशक निखिलका साली अर्थात अभिनेत्री संचिताको बैनी हुन् । सिवानीको यो डेब्यु चलचित्र हो । सिवानी चलचित्रको नायिका फाइनल भएकी अभिनेत्री संचिताले आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी हुन् । उनले बैनीको तस्बिर सार्वजनिक गर्दै चलचित्र उद्योगमा तिमिलाई स्वागत छ भनेर लेखेकी छन् । चलचित्र अभिनयका लागि भारतीय कलाकार रन्जित सेब पनि काठमाडौ आएका छन् । चलचित्रमा केही भारतीय कलाकारको समेत अभिनय रहनेछ । केही अगाडि गरिएको चलचित्र निर्माण घोषणा कार्यक्रममा चलचित्रको बजेट साढे २ करोड बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप