शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गाउँपालिकामा अभिनेत्री केकी

बुधबार, २४ जेठ २०७४, १३ : ५३
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४ – स्थानिय निकाय गाँउपालीकाको बिषयमा पनि चलचित्र निर्माण हुने भएको छ । राज्य पुर्न संरचना भए सँगै छाएको अन्यौल अवस्थामा जनतालाई नयाँ स्थानीय तहहरुबाट हुने बिभिन्न कामको जानकारी दिने उद्धेश्यले यो चलचित्र निर्माण हुन लागेको हो । रिर्पोटस कल्ब दाङमा मंगलबार अयोजना गरिएको एक कार्यक्रममा कलाकार तथा निर्माता निर्देशक सरोज ओलीले चलचित्रको बिषयमा बिभिन्न जानकारी गराए । ७० मिनेट अवधिको रहने चलचित्र २५ लाखको लागतमा निर्माण हुनेछ । चलचित्रमा रवि गिरी, नायिका केकी अधिकारी, गौरब पहाडी लगायत कलाकारको अभिनय रहने कार्यक्रममा जानकारी दिइयो । आज बिहान घोराही चलचित्रको मर्हत समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप