शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले लिए ईश्वरको नाममा पद तथा गोपनियताको सपथ

बुधबार, २४ जेठ २०७४, १४ : ०७
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४– मंगलबार संसदबाट निर्वाचित भएका प्रधनमन्त्री शेरबहादुर देउवाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रमकामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनियताको सपथ गराएकी हुन् । उनले इश्वरका नाममा सपथ लिएका थिए । सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानन्त्रीहरु निवर्तमान मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप