प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ?
बुधबार, २४ जेठ २०७४, १४ : १९
काठमाडौं, जेठ २४– प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् ।
मन्त्रिमण्डल यस्तो छः
शेरबहादुर देउवा, प्रधानमन्त्रीसहित हाललाई २३ मन्त्रालयको जिम्मेवारीमा
विजय कुमार गच्छदार, उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री
कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री
गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री तथा शिक्षा
ज्ञानेन्द्र बहादुर कार्की, अर्थ मन्त्रालय
जनार्दन शर्मा, गृह मन्त्रालय
फरमुल्ला मन्सुर, श्रम तथा रोजगार मन्त्रालय
प्रभू शाह, विना विभायि मन्त्री
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानन्त्रीहरु निवर्तमान मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रमुखलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण