शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उपप्रधानमन्त्रीको बरियतामा गच्छदार एक नम्बरमा

बुधबार, २४ जेठ २०७४, १४ : २१
बुधबार, २४ जेठ २०७४
काठमाडौ, जेठ २४ – शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार बरियताक्रममा एक नम्बरमा परेका छन् । गच्छदारले उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । त्यस्तै दोस्रो नम्बरमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा उपप्रधानसहित परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएका छन् । तेस्रो नम्बरमा कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधानमन्त्रीसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।अघिल्लो सरकारमा उपप्रधानमन्त्रीमा बरियता विवादमा चर्को आलोचना भएको थियो । त्यसवेला बरियतामा कमल थापा र विमलेन्द्र निधीबीच विवाद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप