शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रेमिकाले गर्भपतन गरेको भन्दै हत्या

बुधबार, २४ जेठ २०७४, १४ : ३२
बुधबार, २४ जेठ २०७४

काठमाडौँ, जेठ २४ – काठमाडौँमा प्रेमिकाको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले दोलखाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका २ का २४ वर्षीय प्रशान्त तामाङ रहेका छन् । उनीमाथि रामेछापकी २३ वर्षीया संचिता पाख्रिन तामाङको हत्याको आरोप छ ।

गत वैशाख ५ गते सञ्चिताको उनको कोठामा हत्या गरी उनी फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त प्रशान्त तामाङ र मृतक संचिता पाख्रिनबिच २ वर्ष पहिलादेखि चिनजान रहेको थियो । प्रशान्तको भतिजको श्रीमती गंगा तामाङ मार्फत दुवैबीच चिनजान भएको थियो । त्यसपछि दुई बीचमा प्रेम सम्बन्ध रही नियमित भेटघाट हुने र विभिन्न स्थानहरुमा घुम्न जाने समेत गरेको प्रहरीको भनाई छ ।

प्रेम सम्बन्धको केही महिनापछि निज प्रशान्तले संचितालाई कोठा खोजी आफुले नै भाडा तिरिदिने गरेका थिए । हाल काजिकामनपा-७ गंगाहिटी स्थित घरमा कोठा भाडामा लिएर उनीहरुले बस्न थालेका थिए । उनी संचिताको कोठामा बस्ने र बेलाबेलामा खर्च समेत दिने गरेका थिए ।

दुवैले २०७४ असार महिनामा विवाह गरी सँगै बस्ने सल्लाह समेत गरेका थिए ।

तर, संचिता गर्भवती भएपछि दुवैबीच विवाद बढेको थियो । सञ्चिताको पेटमा बच्चा प्रशान्त तामाङले राख्न चाहन्थे । तर, संचिताले भने उक्त बच्चा फाली दिएको कुरा गरेपछि दुवैबीच बिचमा सोही बच्चाको विषयमा विवाद भएको थियो  ।

विवादकै क्रममा रातको गत वैशाख ५ गते राती ११ बजेको समयमा प्रशान्तले संचिता बेडमा लडाई घाँटी थिची सलले घाँटी कंसी हत्या गरी सोही बेडमा सिरकले छोपी भोलिपल्ट विहान ५ बजे कोठामा बाहिरबाट ताला लगाई फरार भएका थिए ।

घटनाको चार दिनपछि संचिता बसेको कोठाबाट गन्ध आएको र बाहिरबाट चाबी लगाएको अवस्थामा रहेकोमा कोठा खोलि हेर्दा सञ्चिताको शव भेटिएको थियो ।

अनुसन्धान पश्चात् प्रशान्त तामाङलाई दोलखा प्रहरीको सहयोगमा गत जेठ २३ गते अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको थियो । अहिले उनलाई थप कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप