भिडियोमा फर्किइन् सगुन
बुधबार, २४ जेठ २०७४, १४ : ४५
काठमाडौं, जेठ २४ – केही समय अगाडि सेक्सी चलचित्र अभिनय गर्ने रहर भएको बताएर चर्चामा छाएकी मोडल सगुन शाही लोक तथा दोहोरी गायक बसन्त थापा र गायिका शर्मिला विश्वकर्माको गीतको भिडियोमा देखिएकी छन् ।
‘ढुवानी’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी शाही केही समयको अन्तराल पछि ‘आज सँगै..’ गीतको भिडियोमा देखिएकी हुन् । आजै सार्वजनिक गरिएकोे भिडियोमा सगुनलाई मोडलिङमा पुरुष मोडल दुर्गेश थापाले साथ दिएका छन् ।
गीतमा शब्द बसन्त थापाको रहेको छ । क्रान्ति केसीको निर्देशन रहेको भिडियो बागलुङको रामरेखा र काठमाडौंमा छायाँकन गरिएको छ । थुप्रै भिडियो अभिनय गरिसकेकी सगुन भिडियोमा रुचाइएकी मोडल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण