शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

महासंघका उपाध्यक्ष ढकालद्वारा विश्व पुर्ननिर्माण सम्मेलनलाई व्रसेल्समा संवोधन

बुधबार, २४ जेठ २०७४, १४ : ५३
बुधबार, २४ जेठ २०७४
काठमाडौं, जेठ २४–नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले बेल्जियममा आयोजित तेस्रो विश्व पुनरनिर्माण सम्मेलनलाई ब्रसेल्समा संवोधन गरेका छन् । जेठ २३ देखि बेल्जियमको ब्रसेल्समा आयोजित उक्त सम्मेलन बिहीबारसम्म चल्ने छ । उपाध्यक्ष ढकालका साथ उक्त सम्मेलनमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले भाग लिइरहेका छन् । सम्मेलन यूरोपियन यूनियनको मुख्य आयोजना र यूरोपियन कमिसन, विश्व बैंकको ग्लोवल फ्यासलिटी फर डिजास्टर रिडक्शन एण्ड रिकभरी (जीएफडीआरआर) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम लगायतका विश्व संस्थाहरुको सहआयोजनामा भएको हो । सन् २०११ मा जेनेभामा पहिलो र सन् २०१४ मा अमेरिकाको वासिङटनमा दोस्रो सम्पन्न सम्मेलनको सफलतापछि विश्व पुनरनिर्माण सम्मेलनको यो तेस्रो संस्करणको आयोजना गरिएको हो । सम्मेलनको गत मे २०१७ मा म्याक्सीकोमा सम्पन्न ग्लोवल प्लेटर्फ फर डिजाएस्टर रिस्क रिडुसन विषयक प्लाटफर्मसँग बलियो सम्बन्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप