बैदेशिक लगानी भित्रयाउनु नै सफलता : नविन्द्रराज जोशी
बुधबार, २४ जेठ २०७४, १४ : ५८
काठमाडौ, जेठ २४ – निवर्तमान मन्त्री नविन्द्रराज जोशीले आफू उद्योग संचालन गर्ने बाटो देखाउन सफल भएको दावी गरेका छन् । जोशीले आफ्नो नौं महिने कार्यकालमा उद्योगमैत्री नीतिगत र संरचनागत निर्णय लिन सफल भएपनि कार्यान्वयनमा लैजान भने समय अभाव भएको पनि स्पष्ट पारे । बुधबार सिंहरदबारस्थित मन्त्रालयमा आयोजित आफनो विदाई कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले आफूले लगानी सम्मेलन गरेर वैदेशिक लगानी भित्रयाउन सफल भएको र त्यो उपलव्धिमुलक भएको स्मरण गराए । जोशीले १४ खरव वैदेशिक लगानी भित्रयाउने प्रतिवद्धता जुटाउन आफू सफल भएपनि त्यसलाई प्रोजेक्ट बनाएर कार्यान्वयनमा लैजान भने समय अभाव भएको स्पष्ट पारे । जोशीले १० वर्ष भित्र मुलुकमा सबै युवाहरुलाई रोजगारीको अवसर दिने गरी उद्योग धन्दा संचालन गर्ने योजना अघि सारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण