शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकाको बम्बर जहाज र रसियाको फाइटर जेट आमनेसामने

बुधबार, २४ जेठ २०७४, १५ : ५२
बुधबार, २४ जेठ २०७४

न्युयोर्क, जेठ २४ – बाल्टिक समुद्रको अन्तर्राष्ट्रिय जल क्षेत्रमा रसियाको फाइटर विमान र अमेरिकी बम्बर जहाज आमने सामाने भएको रसियाली रक्षा मन्त्रालयले जनाएको छ ।

‘जुन ६ मा रसियाको हवाई क्षेत्रको अनुगमन गरिरहँदा एउटा विमान बाल्टिकको अन्तर्राष्ट्रिय जल क्षेत्रबाट रसियाको सीमातर्फ आउँदै गरेको भेटिएको थियो ।

जसलाई हस्तक्षेप गर्न रसियन हवाई सुरक्षा फौजले सुखोई–२७ फाइटर जेठ पठाइएको थियो,’ राष्ट्रिय समाचार एजेन्सी टासले रसियाली रक्षा मन्त्रालयाई उद्धृत गर्दै जनाएको छ ।

‘रसियाको सुखोई–२७ जहाजले सुरक्षित दुरी राखेर त्यहाँ पुगेको थियो । विमान अमेरिकी वि–५२ बम्बर रहेको पत्ता लागेपछि त्यसलाई केही बेर एस्कर्ट गरेको थियो ।

पेन्टागनले पनि हस्तक्षेप भएको पुष्टि गरेको छ ।

रसियाको मिग–३१ फाइटर जेटले नर्वेको पि–३सी ओरियोन विमानलाई मंगलबार नै हस्तक्षेप गरेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप