देउवाले प्रधानमन्त्रीमा सपथ लिएको दिनः दोहोरो अंकले घट्यो बजार
बुधबार, २४ जेठ २०७४, १६ : २३
काठमाडौं, जेठ २४– नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीमा सपथ लिएको दिन बुधबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । उनी प्रधानमन्त्री निर्वाचित भएको भोलिपल्ट उच्च अंकले बढेको बजार भने १४ दशमलव २४ अंकले ओर्लिएको हो ।
एक सय ४९ कम्पनीको १२ लाख ७९ हजार ५ सय ७ कित्ता सेयर किनवेच भएको बुधबार ७६ करोड ४७ लाख ३६ हजार ८ सय ११ रुपैयाँको कारोवार भएको छ । बुधबार बजार एक हजार ६ सय २३ दशमलव १३ अंकमा झरेर रोकिएको छ । अघिल्लो दिन बजार ३४ दशमलव ७२ अंकको उच्च वृद्धिदर लिएको थियो । यो वृद्धिपछि वजार एक हजार ६ सय ३७ दशमलव ३७ अंकमा पुगेर रोकिएको थियो ।
बुधबार उत्पादनमुलक समूहबाहेक सवै समूहको सूचक रातो भएका छन् । बैकिङ समूहको सूचक १२ दशमलव ८४ अंकले घटेको आज होटल समूहको सूचक ४० दशमलव ३२ अंकले ओर्लिएको छ । विकास बैंक समूहको सूचक १८ दशमलव २७ अंकले घटेको आज जलविद्युत समुहको सूचक १९ दशमलव १५ अंकले ओर्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस्तै, फाइनान्स समूहको सूचक एक दशमलव ९५ अंकले घट्दा बीमा समूहको सूचक सवैभन्दा वढी ११५ दशमलव ७८ अंकले घटेको छ भने अन्य समूहको सूचक ० दशमलव २९ अंकले घटेको छ । उत्पादनमुलक समूहको सूचक भने ९ दशमलव ६९ प्रतिशतले उकालो लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण