तस्विरमा हेर्नुहोस् प्रधानमन्त्री देउवा तथा मन्त्रीहरुको सपथका रोचक दृश्य
काठमाडौँ, २४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित भएका हुन् । उनले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गरेका थिए ।
नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिएका हुन्। विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित थिए ।
यसैगरी, पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी सो समारोहमा उपस्थित थिए ।
शपथ ग्रहणपछि उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए ।
यस्तै, राष्ट्रपति भण्डारीले आजै तीन उपप्रधानमन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधानसहित सङ्घीय मामिला तथा स्थानीय विकास, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्र र काँग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसैगरी, काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, माओवादी नेता जनार्दन शर्माले गृह, काँग्रेसका फरमुल्हा मन्सुरले श्रम तथा रोजगार र माओवादीकै प्रभु साहले बिना विभागीय मन्त्रीको कार्यभार सम्हाल्नु भएका छन्।
नवनियुक्त उपप्रधान तथा मन्त्रीहरुलाई नेपालको संविधान २०७३ अनुसार राष्ट्रपति भण्डारीले गोपनीयताको शपथ गराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण