भक्तपुर अस्पतालको १ सय १२ वर्ष : समस्याको चाङ
हेमराज ढकाल
भक्तपुर, जेठ २४– स्थापना भएको हिसाबले भक्तपुर अस्पताल १ सय १२ वर्ष पुरा गर्ने तयारीमा छ । तर सेवाको हिसाबले यो अस्पताल किशोर अवस्थामा समेत पुग्न सकेको छैन ।
वि.स. १९६१ असार १७ गते श्री चन्द्रलोक डिस्पेन्सरीबाट स्थापित भक्तपुर अस्पताल सेवामा बच्चा नै छ भन्दा फरक पर्दैन । दैनिक सयौं बिरामीलाई विभिन्न किसिमका सेवा दिदैं आएको अस्पतालले सोचे जस्तो प्रगति भने गर्न सकेको छैन । अस्पतालले जारी गरेको बुधबार गरेको विवरणमा थप सेवा दिनका लागि धेरै कुराको समस्या भएको जनाएको छ ।
१ सय १२ वर्ष पुरा गर्न लागेको अवसरमा अस्पतालले बुधबारबाटै आफ्नै फार्मेसी संचालन गरेको छ । तर, निकै लामो समय देखि संचालन गर्ने भनिएको आइसियु सेवा सुरु गर्न आवश्यक सामाग्री भण्डार कक्षमा थन्किएको धेरै भसकेको छ ।
स्वास्थ्य मन्त्री फेरिएपछि फेरिने अस्पताल विकास समितिको अध्यक्षले ल्याएका योजना अर्को नियुक्ति भएपछि रोकिने रोगले अस्पतालको विकासको बाधक बनेको सरोकारवालाको बुझाई छ ।
गगन थापा स्वास्थ्य मन्त्री भएपछि आइसियु संचालनको लागि उनले गरेको प्रतिवद्धता पनि अस्पतालका हकमा पुरा हुन सकेनन् । आइसियु संचालनमा प्रयोग हुने १ करोड ५० लाख मुल्य बराबरका सामाग्री प्रयोगविहिन नै छन् । भक्तपुरलगायत पूर्वका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायतका बिरामीहरु काठमाडौं जानु पर्ने बाध्यता छ । जटिल अवस्थाका बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता यस अस्पतालमा कायमै छ । तर यहि बाध्यतालाई कसैकसैले रिफर अस्पताल भन्ने आरोप लगाएकोमा अस्पताल विकाश समितिका अध्यक्ष प्रेम बहादुर खड्काले दुःख व्यक्त गर्छन ।
उनले भने‘ हामीले सक्ने जति उपचार गरेका छौं, हामीले उपचार गर्न नसक्ने बिरामीलाई त रिफर गर्नु नै प¥यो । ’ अस्पतालमा आवश्यक विषेशज्ञ डाक्टर नहुनु, विभिन्न उपकरण चलाउने जनशक्तिको अभाव, पानी, फोहोर व्यवस्थापन, पाकिङको समेत सहि व्यवस्थापन यहाँ हुन सकिरहेको छैन् । अस्पतालमा निकै सुधार गर्ने तयारीमा आफु रहेको अध्यक्ष खड्का र मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुधा देवकोटाले प्रतिवद्धता समेत प्रस्तुत गरेकी छिन् । अस्पतालमा तोकिएको समयसम्म नबस्ने डाक्टर, नर्स, कर्मचारीलाई कारवाही गर्ने चेतावनी समेत मेडिकल सुपरीटेन्डेन्ट डाक्टर देवकोटाले दिएकी छिन् । भक्तपुर अस्पतालको समस्या १.मानव अंग प्रत्यारोपण केन्द्रः
नजिकै रहेको मानव अंग प्रत्यारोपण केन्द्रले गरेको केही कामले भक्तपुर अस्पताललाई समस्या हुने गरेको अस्पताल प्रशासनको आरोप छ । भक्तपुर अस्पतालको प्रशासनले रातोपाटीलाई दिएको जानकारी अनुसार मानवअंग प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठले भक्तपुर अस्पतालको प्रगतिमा बाधक छन् । सरकरी अस्पतालनै भएपनि श्रेष्ठले गर्ने केही निर्णय र व्यवहारले भौतिक र प्रशासनिक कार्यमा समेत हस्तक्षेप हुने गरेको भक्तपुर अस्पतालको आरोप छ । उनले सहमति गरे अनुसार भक्तपुर अस्पताल पानी दिने भनेपनि नदिएको, भक्तपु्र अस्पतालको अपरेशन पछि बिरामी राखिने वार्ड नजिकै जेनेरेटर राखेर बाधा गरेको भक्तपुर अस्पतालले गुनासो गरेको छ ।
२.भक्तपुर नगरपालीकाः
भक्तपुर नगरपालीको समेत सकारात्मक सहयोग नभएको अस्पताल विकास समितिका अध्यक्ष खड्काले भनाई छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा बिरामी वार्ड भन्दा बाहिर सानो पर्खाल लगाउने कार्य मानवअंग प्रत्यारोपण केन्द्रका प्रमुख डाक्टर पुकारचन्द्र श्रेष्ठको निर्देशनमा नगरपालीकाले रोकेको खड्काले बताए ।
३.अस्पतालमा कार्यरत कर्मचारीः
कार्यलय समयमा वा अन्य तोकिएको समयमा काम नगरी अन्यत्र काम गर्ने कर्मचारी अस्पतालमा धेरै थिए । तर नयाँ अस्पताल प्रमुख आएपछि उक्त कार्य केही रोकिएको छ । तर केही डाक्टर तथा कर्मचारीले मेडिकल सुपरीटेन्डेन्ट डाक्टर देवकोटाको सरुवाको धम्की दिएको देवकोटाले खुलासा गरेकी छिन् ।
४. नेपाल सरकारः
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले अन्यत्रका अस्पताललाई भन्दा यस अस्पताललाई कम सहयोग गरेको कर्मचारीहरुको आरोप छ । गगन थापाले स्वास्थ्य मन्त्री हुदाँ गरेको बाचा समेत पुरा हुन नसकेपछि स्थानीय समेत निराश भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण