प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि
काठमाडौँ, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक गई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए ।
यसैबीच, प्रधानमन्त्री देउवा आजै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा जानु भई काँग्रेसका संस्थापक एवम् दिवङ्गत शीर्ष नेताहरुको तस्विरमा माल्र्यपण गरे ।
उनले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् काँग्रेसका नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिरमा माल्यर्पण गरेका थिए ।
यसैगरी प्रम देउवाले कार्यालयस्थित आफ्नो पार्टी सभापतिको कार्यकक्षमा गई एक छिन बसेका थिए। पार्टी कार्यालयमा पुग्दा नवनिर्वाचित प्रमलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण