बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वादी समुदायबाट पहिलो महिला उम्मेदवार

शुक्रबार, २६ जेठ २०७४, ११ : ०२
शुक्रबार, २६ जेठ २०७४
कैलाली, २६ जेठ । गोदावरी नगरपालिका–८ स्याउलेबाट सुदूरपश्चिमको पिछडिएको जाति भनेर चिनिने वादी समुदायकी चन्द्राकुमारी वादी उपप्रमुखमा पहिलो महिला उम्मेदवार बनेकी छन् । सङ्घीय समाजवादी फोरम, नेपालले २८ वर्षीय वादीलाई गोदावरी नगरपालिका–८ बाट उपप्रमुखको उम्मेदवार बनाएको छ । सङ्घीय समाजवादी फोरम, नेपालको भ्रातृ सङ्गठन सङ्घीय मजदुर टे«ड युनियन सङ्घको केन्द्रीय सदस्यसमेत रहेकी वादीले सुदूरपश्चिममै पिछडिएको वादी समुदायको अधिकारका लागि समय समयमा आवाज उठाएकाले पार्टीले आफू उपयुक्त उम्मेदवार ठानी छनौट गरेको जानकारी दिइन । उनले असार १४ गतेको दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो हार जित जे भए पनि यस समुदायका तर्फबाट प्रमुखको उम्मेदवार हुन पाएकामा निकै नै हर्षित भएको बताइन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप