दोस्रो चरणको निर्वाचनको सुरक्षा चुनौतीबारे सहज रहन सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं, जेठ २६ – गृहमन्त्री जनार्दन शर्माले सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको बिहिबार निरीक्षण गरी त्यहाँको कामकारवाही बारे जानकारी लिएका छन् ।
निरीक्षणपछि एपीएफ अधिकृत तथा जवानहरुलाई सम्बोधन गर्दैै गृहमन्त्री शर्माले सशस्त्र प्रहरी बल, नेपालका लक्ष्य र उद्देश्यहरु स्पष्ट, व्यवस्थित र जनतासँग गाँसिने प्रयत्नबाट अभिप्रेरित रहेको आफूले पाएको चर्चा गर्दैै देश र जनताप्रति इमान्दार रहि राष्ट्रसेवामा थप सुदृढ, आत्मविश्वास र उच्च मनोवलकासाथ अगाडी बढ्न निर्देशन दिएका छन् ।
उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सशस्त्र प्रहरी बल, नेपालले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दैै दोश्रो चरणको निर्वाचनमा समेत सुरक्षा चुनौतीलाई ख्याल गर्दै अझै प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
लक्ष्यको हिसावले देश र जनताप्रति हामी सबैको साझा कर्तव्य र दायित्व रहने चर्चा गर्दैै गृहमन्त्री शर्माले भने – ‘तपाईहरुको योगदान, त्याग र बलिदानलाई थप उचाइमा पु¥याउन तथा समग्र राष्ट्र र जनताको हितका खातीर सबै तहका अधिकृत जवानको सुझाव लिएर अगाडी बढिने छ ।’
उनले चेनअफ कमाण्डभित्र रहेर आएका गुनासो, पीरमर्का तथा समस्या समाधानको प्रयास गरिने समेत उल्लेख गरे ।
उनले सशस्त्र प्रहरी बल, नेपालले साधनस्रोतको अभावका बाबजुद निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै ऐनकानुनको परिधिभित्र रहेर संगठनलाई आवश्यक पर्ने साधनस्रोत उपलब्ध गरिने बताउनुहुँदै सशस्त्र प्रहरी बल, नेपालको भूमिका थप बढाउँदै सेवा विशिष्टिकरण र प्रविधिको प्रयोगमा ध्यानदिइने उल्लेख गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारले अवलम्बन गरेका नीति निर्देशनलाई सशस्त्र प्रहरी बल, नेपालले अक्षरस पालन गर्दै अगाडी बढिरहेको उल्लेख गर्दै सुरक्षा निकाय लगायत सरोकारवालाहरु बीच आपसी समन्वय र सहकार्य गर्दै शान्ति सुरक्षा कार्यलाई प्रभावकारी बनाउने कार्यमा संगठन दृढ रहेको बताए ।
कार्यक्रममा गृहसचिव लोकदर्शन रेग्मी, सो मन्त्रालयका पदाधिकारीहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी. नारायणबाबु थापा र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, काठमाडौं उपत्यकास्थित एपीएफ इकाईका प्रमुखहरु लगायत अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण