बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ शक्तिद्वारा उम्मेदवारको टुङ्गो

शुक्रबार, २६ जेठ २०७४, ११ : २६
शुक्रबार, २६ जेठ २०७४
  बैतडी, २६ जेठ । नयाँ शक्ति पार्टीले जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँचवटामा प्रमुख पदमा उम्मेदवारको टुङ्गो लगाएको छ । मेलौली नगरपालिकाको नगरप्रमुखमा भुवन भट्ट, पुरचौडी नगरपालिकाको नगरप्रमुखमा अमरसिंह रतोकी, डिलासैनी गाउँपालिकाको अध्यक्षमा रामनाथ योगी र सुर्नया गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद भट्टलाई उम्मेदवार बनाएको छ । यस्तै सिगास गाउँपालिकाको अध्यक्षमा रघुवीरसिंह धामीलाई उम्मेदवार बनाउको नयाँ शक्ति पार्टीका जिल्ला संयोजक कृष्णप्रसाद बडूले जानकारी दिए । बाँकी पाँचवटा तहमा एक हप्ताभित्र उम्मेदवारको टुङ्गो लगाइसक्ने बताए । नयाँ शक्तिले उपेन्द्र यादवले नेतृत्व गरेको सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको जनाएको छ । आगामी जेठ १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निार्वाचनका लागि जिल्लामा नेपाली काँग्रेसले उम्मेदवार टुङ्गो लगाउन सकेको छैन भने नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राप्रपाले उम्मेदवार टुङ्गो लगाइसकेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप