टिकटलाई लिएर इटहरी काङ्ग्रेसमा विवाद : जिल्ला र क्षेत्रिय कार्यालयमा तालाबन्दी, बागी उठाउने चेतावनी
मनोज भुजेल
इटहरी, जेठ २६ – इटहरी उपमहानगरपालिकामा काङ्ग्रेसको मेयर पदको टिकटको बिषयमा विवादले उग्ररुप लिएको छ । बिहिबार काङ्ग्रेस केन्द्रिय पार्टी कार्यालयले इटहरीको मेयर पदको लागी रोहित प्रसाईलाई टिकट दिने निर्णय गरेपछि इटहरी काङ्ग्रेसमा विवाद बढेको हो । मेयरमा निस्क्रिय सदस्य रोहित प्रसाईलाई टिकट दिएको भन्दै हेमकर्ण पौडेल समर्थक कार्यकर्ताहरुले भाँडभैलो मच्चाएका छन् ।
मेयरका आकांक्षी पौडेललाई ‘बायस’ गरेर प्रसाईलाई दिएको भन्दै पार्टी कार्यकर्ताहरुले चरम असन्तुष्टी व्यक्त गर्दै पार्टीबाट राजिनामा दिनेसम्मको धम्की दिएका छन् । प्रसाईले टिकट पाएको आक्रोसमा पौडेल समर्थक कार्यकर्ताहरु बिहिबार साँझ देखी आन्दोलित बनेका हुन ।
मेयरमा जित्ने उम्मेद्वारलाई पार्टीले टिकट नदिई नजित्ने उम्मेद्वारलाई टिकट दिएकोमा पार्टी कार्यकर्ताहरुले असन्तुष्ट व्यक्त गर्दै राजिनामा दिनेसम्मको तयारी थालेका छन् । यही अवस्था रहे पौडेललाई बागी उम्मेद्वार उठाएर जानेसम्मको कार्यकर्ताहरुले पार्टी केन्द्रलाई चेतावनी दिएको छ ।
पार्टी कार्यकर्ताहरुले पौडेललाई पूर्ण समर्थन गर्दै इटहरी बजारमा नाराबाजीसहितको र्याली समेत निकालिएको छ । आक्रोशित हजारौ कार्यकर्ताहरुले आजै इटहरी नगर समिति, सुनसरी २ नंम्बर क्षेत्रिय कार्यालय र सुनसरी जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । पार्टीले तत्काल निर्णय नसच्याइए इटहरी उपमहानगरपालिकाका २० वटौ वार्डका अध्यक्ष उम्मेद्वारहरुले राजिनामा दिने बताएका छन् ।
यता काङ्ग्रेस इटहरी सभापति समेत रहेका पौडेलले भने आफूले दुईदशकदेखि पार्टी राजनीतिमा लागेर पनि पैसा र पावरको भरमा टिकट दिएकोप्रति गुनासो पोखेका छन् । उनले आफूले पार्टीप्रति गरेको योगदानको कदर नभएको बताए । उनले आफू कसैविरुद्ध जाने भन्दा पनि पार्टीले सही निर्णय गरोस् भन्ने रहेको बताए ।
इटहरीका अन्य कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पनि पार्टीको तिब्र विरोध गरेका छन् । प्रसाई उद्योग वाणिज्य संघ इटहरीका पूर्व अध्यक्ष एवम् पार्टीको केन्द्रीय सदस्य हुन । इटहरीमा उनी निकै कम राजनितिक व्यक्तिको रुपमा परिचित छन । इटहरीमा मेयरको लागि नगर सभापति हेमकर्ण पौडेल र प्रसाईंले दावेदारी गदै आएका थिए । प्रसाईं पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
इटहरीमा पछिल्लो समय हेमकर्ण पौडेलको पक्षमा राम्रो चुनावी माहोल बनेको भए पनि पार्टीले राम्रालाई भन्दा हाम्रालाई टिकट दिएको भन्दै आक्रोसित भएका हुन् । युवाहरुले पार्टी केन्द्रीय नेताहरुलाई हेमकर्ण पौडेललाई मेयरको उम्मेद्वार बनाऔं भन्दै एसएमएस अभियान पनि शूरु गरेका छन् । कुनै पनि हालतमा निर्णय फिर्ता लिई हेमकर्ण पौडेललाई मेयरको टिकट दिनु पर्ने काङ्ग्रेस कार्यकर्ताहरुको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण