अनुमतिबिना उम्मेदवारद्वारा सवारी साधनको प्रयोग
शुक्रबार, २६ जेठ २०७४, १२ : १४
झापा, २६ जेठ । स्थानीय निकायको निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि सम्बन्धित निर्वाचन कार्यालयबाट अनुमति नलिई सवारी साधनको प्रयोग गरिरहेका छन् ।
आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीव्रता दिने क्रममा प्रयोग गरिएका सवारी साधनको अनुमति नलिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी गोपाल आचार्यले बताए ।
चुनाव प्रचारप्रसारका क्रममा जिल्लाका १५ वटै स्थानीय तहका उम्मेदवारले हुलकाहुल सवारी साधन बिनाअनुमति सञ्चालन गरिरहेका छन् । अनुमति नलिएका सवारी साधनमा प्रचारप्रसारका क्रममा दलको झन्डा राख्न नपाइने आचारसंहितामा उल्लेख छ । तर उम्मेदवार तथा नेता कार्यकर्ता सवारी साधनमा झन्डा राखेर प्रचारप्रसार गरिरहेका छन् ।
जुन क्षेत्रका लागि उम्मेदवार बनेको हो, उम्मेदवारले सोही क्षेत्रका निर्वाचन अधिकृतसँग चुनावअगावै प्रचारप्रसारका लागि आफूले प्रयोग गर्ने सवारी साधनको विवरणसहित अनुमति लिइसक्नुपर्ने प्रावधान छ । उम्मेदवार आचारसंहिता विपरीत चुनाव प्रसारप्रसारका सामग्रीसहित घरदैलो अभियानमा जुटेका छन् ।
चुनाव प्रचारप्रसारमा हिँंडेका दल र तिनका नेता कार्यकर्ताले आफ्नो पार्टीको चुनाव चिह्न अङ्कित टोपी, टिसर्ट बाँड्दै मतदाता फकाइरहेका छन् । उम्मेदवारको टुङ्गो लागि नसकेको अवस्थामा चुनाव प्रचारप्रसारमा हिँड्दा पार्टीले सम्बन्धित निर्वाचन अधिकृतबाट प्रयोग गरिने सवारी साधनको अनुमति लिनुपर्ने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी आचार्य बताउँछन् ।
झापामा कुनै पनि दल र तिनका कार्यकर्ताले चुनाव प्रचारप्रसारका लागि निर्वाचन अधिकृतसँग अनुमति लिएका छैनन् । सार्वजनिक स्थानमा कुनै पनि दलको चुनाव चिह्न अङ्कित पोस्टर, ब्यानर र स्टिकर टाँस्न पाइँदैन । तर अहिले यहाँका गाउँ गाउँका चोकदेखि सहरका गल्ली–गल्लीमा निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारका सामग्री राखेको पाइन्छ ।
“अहिले आचारसंहिता उल्लङ्घन भएको चुपचाप हेर्नुुपर्ने अवस्था छ” – आचार्यले भने– “उम्मेदवारी दर्तापछि कडाइका साथ निर्वाचन आचारसंहिता लागू गर्छौं ।” रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण