बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनमा जाने वातावरण बनाउन देउवासमक्ष राजपाको माग

शुक्रबार, २६ जेठ २०७४, १३ : ०४
शुक्रबार, २६ जेठ २०७४

काठमाडौं, जेठ २६ –राष्ट्रिय जनता पार्टी, नेपालले नयाँ सरकारले तत्काल निर्वाचनमा जाने वातावरण निर्माण गर्न माग गरेको छ ।

व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बोल्दै पार्टीका नेताद्धय महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्लाले सरकारले अझै स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जाने बतावरण नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

नयाँ सरकारलाई शुभकामना दिँदै नेता यादवले आफूहरु निर्वाचन विरोधी नभएपनि सरकार र प्रमुख प्रतिपक्ष एमालेले सो वातावरण बनाउन नचाहेको आरोप समेत लगाए । यादवले मुलुकको अखण्डतालाई बचाउन समेत आफुहरुलाई निर्वाचनमा जाने वातावरण बनाउने जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काँग्रेसको भएको उल्लेख गरे ।

त्यस्तै नेता सर्वेन्द्रनाथ शुक्लाले आफुहरुको माग सम्बोधन गरेर निर्वाचनमा जाने वातावरण बनाउन भइरहेको तयारीबारे जानकारी दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरे । उनले सरकारले तत्काल वातावरण नबनाए आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।

सरकार आफै निर्वाचनमा जाने वातावरण बनाउन अनिच्छुक देखिएको जिकीर गर्दै नेता शुक्लाले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको पहिलो बैठकको सात वटा प्राथमिकता भित्र संविधान संशोधनको विषय गायव गरिएको भन्दै आपत्ति जनाए । राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन नभई निर्वाचनमा जान नसकिने चेतावनी दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप