५३ पुगे अभिनेता हमाल : छिट्टै निर्देशनमा आउन सक्ने
काठमाडौं, जेठ २६ –अभिनयका कारणले महानायकको उपाधि पाएका अभिनेता राजेश हमाल ५३ बर्षमा लागेका छन् । उनी आज शुक्रबारबाट ५२ पुगेर ५३ टेकेका हुन् ।
दुई दशक भन्दा लामो समय नेपाली चलचित्र अभिनयमा बिताएका हमालले दुई सय भन्दा माथीका चलचित्र अभिनय गरेका छन् । स्वर्गिय निर्देशक दीपक रायमाझी निर्देशित युगदेखि युगसम्मबाट अभिनयमा डेब्यु गरेका हमालको अभिनय यात्रा अहिले पनि जारी छ ।
चलचित्रको अलवा बिज्ञापन चलचित्र, म्युजिक भिडियो लगायत अभिनयमा समेत देखिदै आएका हमालले प्रेमिका मधु भट्टराईसँग चार वर्ष अगाडि लगनगाँठो कसेका हुन् । अब छिट्टै बाबु बन्ने तयारी आफ्नो रहेको उनले बताउँदै आएका छन् ।
अभिनयमा प्रवेश गर्ने धेरै कलाकार निर्माताको रुपमा समेत देखिन थालिसकेका छन् । कोही निर्देशक समेत बनिसकेका छन् । अभिनेता राजेश हमाल अहिलेसम्म यी कुराभन्दा बाहिर रहँदै आएका छन् । केही पहिले अभिनेता हमालले निर्देशनमा आफु उत्रिन सक्ने बताएका थिए । तर कहिले र के मार्फत उनले खुलाएनन् ।
पछिल्लो समय केही कलाकार राजनीतिमा खुलेर प्रवेश गरेका छन् । अभिनेता राजेश हमालको भने अहिलेसम्म राजनीतिमा आउने कुनै योजना छैन रे । उनी बैशाख ३१ को स्थानीय निर्वाचनमा भने नेकपा एमालेको स्थानीय तहको उमेदवारको प्रचार प्रसारमा निस्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण