बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुल्मीको गाउँप्रमुखमा कान्छा उम्मेदवार बने ‘सेलिब्रेटी’

शुक्रबार, २६ जेठ २०७४, १४ : ०९
शुक्रबार, २६ जेठ २०७४

गुल्मी, जेठ २६ – गुल्मीका २ नगरपालिका र १० गाउँपालिकामा उठेका प्रमुख पदका उम्मेदवारहरुमध्ये सवैभन्दा कान्छा रुरु गाउँपालिकाका उम्मेदवार यदु ज्ञवाली ‘सेलीब्रेटी’ उम्मेदवारका रुपमा चर्चामा छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त प्यानलबाट गाउँ प्रमुखमा उम्मेदवारी दिएका ज्ञवालीको उमेर २७ वर्ष छ । अन्य गाउँ र नगरका प्रमुख पदका उम्मेदवारहरु भने ४० देखि ७० वर्ष उमेर सम्मका भएपछि उनी सेलीब्रेटीका रुपमा चर्चामा रहेका हुन् । २०४७ साल असार ३ गते गुल्मीको वलेटक्सारमा जन्मिएका ज्ञवाली कलिलै उमेरदेखि नेकपा माओवादी केन्द्रका राजनीतिमा उचाई लिएका युवा नेता हुन् ।

रुरु गाउँपालिकाभित्र अन्य राजनैतिक दलका युवा जमातमा समेत ‘सेलीब्रेटी’ उम्मेदवारको संज्ञा पाएका ज्ञवालीको विकल्प नरेको उनका प्रशांसकहरुको दावी छ । ‘यहाँका जनताले परिवर्तन चाहेका छन्’ उम्मेदवार ज्ञवालीले भने ‘यहाँको युवा जमातबाट मैले पाउँदै आएको माया र साथले नै मलाई युवा जमातले नै जिताउने कुरामा म ढुक्क छु ।’ द्धन्द्धकाल देखि नै माओवादी पार्टीको राजनीतिमा सक्रिय ज्ञवाली अनेरास्ववियु (क्रान्तिकारी) का सचिवालय सदस्य तथा माओवादी केन्द्र गुल्मीका पनि सचिवालय सदस्य हुन् ।

यसअघिको प्रचण्ड सरकारका पालामा रुरु गाउँपालिका भित्र मोटर बाटो, लिफ्टिङ्ग खानेपानी योजना, खेल मैदान , पर्यटन क्षेत्र लगायत विभिन्न विकास निर्माणमा ठुलो रकम पार्न सफल भएकोले पनि उनलाई त्यहाँका नागरिकले भोट दिने माओवादी केन्द्र वलेटक्सारका अध्यक्ष नारायण पौड्यालले बताए । त्यस्तै सोही गाउँमा उपप्रमुखमा पनि नेपाली कांग्रेसका युवा नेता देवेन्द्र मल्ल सहित पुरै प्यानलले जित हाँसिल गर्ने उनिहरुको दावी छ ।

उक्त प्यानलमा माओवादी केन्द्रबाट साविकको वलेटक्सारको वडा अध्यक्षमा नारायण पौड्याल , वम्घामा पनि सोही पार्टीका हरिप्रसाद ज्ञवाली वडा अध्यक्षका उम्मेदवार रहेका छन् । त्यस्तै रुरुमा कांग्रेसका रामचन्द्र भट्टराई वडा अध्यक्षका उम्मेदवार रहेका छन् । थानापतिमा पनि सोही पार्टीकै भास्करराज ज्ञवाली, ग्वादीमा पनि कांग्रेसकै मंगलबहादुर रेगामी , रिमुवामा पनि कांग्रेसकै वेदबहादुर दर्लामी वडा अध्यक्ष उम्मेदवार हुन् । यो प्यानलले आफुलाई वलियो पकट पालिकाको दावि गर्ने नेकपा एमालेको एकल प्यानल संग कडा प्रतिष्पर्धामा उत्रिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप