नवलपरासी कांग्रेसका यस्ता छन् उम्मेदवार
परासी, जेठ २६–लामो कसरतपछि नेपाली कांग्रेसले नवलपरासीका स्थानीय तहमा प्रमुख तथा उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ । कांग्रेसले जिल्लामै प्रमुख तथा उपप्रमुखको उम्मदेवारी टुंगो लगाउन नसकेपछि पार्टीले उक्त नामावलीहरु केन्द्रमा पठाएको थियो ।
केन्द्रीय पार्टीले सुनवल नगरपालिकाको मेयरमा भिमबहादुर थापाक्षेत्री र उपमेयरमा तारा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने रामग्राम नगरपालिकाको मेयरमा नरेन्दं्र कुमार गुप्ता उपमेयर रम्भा कुँवरलाई उम्मेदवार बनाउने भएको छ । बर्दघाट नगरपालिकाको मेयरमा विश्वप्रेम पाठक र उपमेयरमा रमिता चौधरीले उम्मेदवारको टिकट पाउने भएका छन् ।
त्यस्तै गाउँपालिकाहरुमा पार्टीले पाल्हीनन्दन गाउँपालिकाको प्रमुखमा राजेन्द्र सहानी, उपप्रमुख पवित्रा कोँहार, सरावल गाउँपालिकाको प्रमुखमा प्रदीप अग्रहरी, उपप्रमुखमा उत्तमा राय, प्रतापपुर गाउँपालिको प्रमुखमा राजकुमार शर्मा, उपप्रमुखमा अन्जु चौधरी र सुस्ता गाउँपालिकाको प्रमुखमा हसमुद्दिन शेष उपप्रमुखमा बिमला उपाध्यायलाई टिकट वितरण गरेको जिल्ला पार्टी सभापति विष्णु लामिछानेले जानकारी दिए । नवलपरासी दुई प्रदेशमा विभाजन गरिएको छ ।
प्रदेश नंं ४ मा पर्ने जिल्लाको नवलपुर क्षेत्रको ४ नगरपालिका र ४ गाउँपालिका गरि ८ स्थानिय तहको निर्वाचन पहिलो चरणमा सम्पन्न भैसकेको छ भने प्रदेश नं. ५ मा पर्ने परासी क्षेत्रको ३ नगरपालिका र ४ गाउँपालिको निर्वाचन दोश्रो चरणमा हुन लागेको छ । यस परासी क्षेत्रमा राजपमा बाहेक नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, नयाँ शक्ति, फोरम नेपाल, लोकतान्त्रिक लगायतका पार्टीहरुलेपनि उम्मेदवारको टुंगो लगाइ सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण