बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोटाङमा चुनाबी माहौल बढ्यो : प्रमुख तीन दलकै प्रतिस्पर्धा

शुक्रबार, २६ जेठ २०७४, १५ : ३१
शुक्रबार, २६ जेठ २०७४

रामधन बेदना

खोटाङ, जेठ २६ - दोश्रो चरणमा आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तह चुनाबका लागि खोटाङमा चहलपहल तीब्र बनेको छ । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा संयुक्त चिन्हबाट चुनाबमा प्रतिस्पर्धा गर्ने संघीय समाजबादी फोरम नेपाल र नयाँँ शक्ति पार्टीले जिल्लामा चुनाबी सभा तथा प्रचारप्रसार कार्यलाई तीब्रता दिएका हुन् ।

जिल्लामा प्रायः सबै दलका सबै स्थानीय तहमा उम्मेदवारी टुंगो लगाएपछि आ–आफ्ना पार्टीका प्रतिबद्घता लिएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनाबी सभादेखि घरदैलो अभियानमा जुटिरहेका छन् । १२ दल दर्ता भएको जिल्लामा कांग्रेस, एमाले, माओबादी केन्द्र, राप्रपा, संघीय समाजबादी तथा नयाँ शक्ति, माले र खम्बुवान राष्ट्रिय मोर्चा चुनाबमा उत्रँदै छन् । माओबादी केन्द्रले शुरु गरेको उम्मेदवारी टुंगो लगाउने कार्य धेरै जना आकांक्षीहरु बीचबाट समेत एमाले र कांग्रेसले सम्पन्न गरेका छन् । १० पालिकामध्ये एक नगर सहित ५ मा महिलालाई प्रमुख उम्मेदवार बनाएको माओबादी केन्द्रले भने घोषणा–पत्र समेत सार्बजानिक गरिसकेको जनाएको छ ।

कांग्रेस, एमाले, संघीय समाजबादी र नयाँ शक्तिको समेत तयारी पुरा भइसकेको जनाए पनि सार्बजानिक गर्न भने बाँकी रहेको छ । महिलामा माओवादीकी ५ जना र नयाँ शक्तिकी एकसहित जम्मा ६ जना प्रमुख उम्मेदवार बनाइएको छ ।

यसअघि सम्पन्न संबिधान सभाको निर्बाचनमा दुवै क्षेत्र जित हात पारेको एमाले, र दोश्रो मत ल्याएको कांग्रेस तथा अघिल्लो संबिधान सभाको निर्बाचनमा दुवै क्षेत्र जीत निकालेर दोश्रोमा तेश्रो मत ल्याउने माओबादीबीच यो निर्बाचनमा तीब्र प्रतिस्पर्धा हुने राजनीतिकर्मीहरुको बिश्लेषण रहेका छन् ।

दुई नगर र आठ गाउँपालिका रहेका जिल्लास्थित क्रियाशील यी दलहरु आफ्नो पक्षमा जनमत बटुल्न जिल्लाका घरघरमा चुनाब चिन्ह तथा झण्डा राख्दै गाउँटोलमा खटिरहेका छन् । मुख्य दलहरुले सम्बन्धित पालिका तथा वडाहरुमा कार्यालय स्थापना गरी प्रचारप्रसारलाई तीब्रता दिएका छन् ।

मध्य वर्षा या धान रोपाईंको समयमा चुनाब तोकिएकोमा किसान असन्तुष्ट बने पनि जिल्लाबासी मतदान गर्न आतुर रहेको स्थानीय बताउँछन् ।

१ सय ३६ मतदान स्थलमा १ सय ७३ मतदान केन्द्र कायम भएको जिल्लामा १ लाख १५ हजार ६ सय ४४ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ४ सय १५ जना जनप्रतिनिधि निर्वाचित हुने जिल्लामा मतदाता शिक्षालाई अन्तिम चरणमा पु¥याईएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले जनाए ।

निर्बाचनको लागि सुरक्षा अवस्था मजबुद बनाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए । पोखरेलका अनुसार जिल्लामा अति संबेदनशील, संवेदनशील तथा भौगोलिक अवस्थाको भ्रमण तथा अध्ययन गरी सुरक्षा ब्यवस्थाको तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप