बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चोक चोकमा सिसी क्यामरा

शुक्रबार, २६ जेठ २०७४, १५ : ४१
शुक्रबार, २६ जेठ २०७४
  भक्तपुर, २६ जेठ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक÷चोकमा सिसी क्यामरा जडान गरेको छ । मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको हो । मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिए । सुरक्षाका लागि प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । प्रहरीले अरनीको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोक चोकमा र पुरानो बाटोको बाहाखा बजारलगायत सर्वसाधारणको भिडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गर्न थालेको छ । सिसी क्यामरा जडानसँगै चोरी, डकैती, लुटपाटलगायतका अन्य आपराधिक गतिविधिमा कमी आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारी चालकलाई नियन्त्रण गर्न टेवा पुग्ने ओलीको भनाइ छ । नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले मध्यपुरलाई सुरक्षित नगरको रुपमा विकास गर्नका लागि सिसी क्यामरा जडान गर्न सहयोग गरेको बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप