पहिचान संरक्षण गर्नेलाई भोट–राना थारु
भीमदत्तनगर, २६ जेठ । दशकौँदेखि कञ्चनपुर र कैलाली जिल्लामा मात्रै बसोवास गर्दै आइरहेका राना थारु समुदायका मतदाताले आफ्नो कला, संस्कृति र पहिचान संरक्षण गर्ने उम्मेदवारलाई मात्र मत दिने बताएका छन् । समाजमा राना थारु समुदायको छुट्टै पहिचान रहेको बताउँदै उनीहरुले थारु संस्कृति संरक्षणका लागि कञ्चनपुरमा थारु सङ्ग्राहालय समेत स्थापना गर्नुपर्ने माग अघि सारेका छन् । ‘‘हरेक पार्टीका उम्मेदवारले गाउँमा विकासको कामलाई बढी प्राथमिकता दिने भन्दै मत मागिरहेका छन् ।’’ कञ्चनपुरको बेलौरी नगरपालिका– २ गोकुलपुरका वासुदेव रानाले भने “पहिचान संरक्षण र थारु समुदायको शिक्षामा पहुँच बढाउनेलाई भोट दिन्छौं ।” स्नातक तह पूरा गरेर गाउँकै लक्ष्मी माविमा लेखापालका रुपमा कार्यरत् रानाले थारु समुदाय शिक्षाबाट टाढा रहेकै कारण पछि परेको बताए । “उच्च शिक्षा नपुग्दै स्कुल छाडेर भारत मजदुर गर्न जाने राना युवाको क्रम बढ्दै गइरहको छ ।” उनले भने “शैक्षिक चेतना वृद्धि गर्नु हाम्रो समुदायका लागि अतिआवश्यक विषय बनेको छ ।” परिवारको आर्थिक अवस्थाका कारण धेरैजसो राना थारु विद्यार्थी माविस्तरमै पढाइ छाड्ने गरेका पनि उच्च शिक्षा पाउन नसकेकाले स्थानीय तहको निर्वाचनपछि हाम्रा लागि विशेष आरक्षणको व्यवस्था गरिनुपर्नेमा लेखापाल रानाले जोड दिनुभयो । त्यसैगरी गोकुलपुरकै ७० वर्षीय दुलारा रानाले गाउँमा सडकको प्रमुख समस्या रहेको बताउँदै घरदैलोमा आउने नेतालाई सडक बनाइदिन माग गरेको जानकारी दिनुभयो । “वर्षामा त सडकको अवस्था निकै विजोग हुन्छ ।” दुलाराले भने –“हाम्रो चाहना बुझ्नेलाई मात्र भोट दिन्छौ ।” “चुनावका बेला घरदैलोमा आउँदा गर्न सकिदैन त केही पनि भन्दैनन् ।” रामराज रानाले भन्नुभयो–“तर गाउँको विकासका लागि अझैसम्म दरिलो पहल भएको छैन ।” ‘‘अन्य समुदायको उम्मेदवार बनाउँदा समावेशीतालाई ख्याल गर्ने हामीलाई वडा सदस्यमा पनि टिकट दिन समस्या ठान्नेलाई भोट दिन्नौं ।’ रामराज भने भन्नुभयो–“थारु बाहुल्य नगर र गाउँपालिकामा राना थारु समुदायलाई नेतृत्व गर्ने अवसर दिए मात्रै हाम्रो समुदायलाई न्याय हुनेछ ।’’ राना थारु समुदायका नागरिक आस्थाले विभिन्न राजनीतिक दलसित आवद्ध रहेपनि समुदायको हित र अधिकार प्राप्तिका निम्ती एक ठाउँमा उभिने उहाँको भनाइ थियो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण