अमेरिकामा नायिका नन्दिता बनिन् ‘बिशेष परी’
शुक्रबार, २६ जेठ २०७४, १७ : ०१
वाशिंगटन डीसी, जेठ २६– अमेरिकामा नेपाली चलचित्रकी नायिका नन्दिता केसीले परी पहिरन लगाएर बेजोड प्रस्तुति गरेकी छिन् । उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलिज एसोसिएसन (युएनए ) सम्मेलनको भेषभूषा प्रदर्शन कार्यक्रममा ‘बिशेष परी’ पहिरनमा सजिएर धमाकादार प्रस्तुति गरेकी थिइन् ।
युएनए साँस्कृतिक ¥याम्प नामक कार्यक्रममा अन्य चर्चित कलाकार तथा बिशेष व्यक्तित्वको समेत प्रस्तुति रहेको कार्यक्रममा उनलाई बिशेष प्रस्तुतिका साथ मन्चमा उतार्ने जिम्मा मोडर्न डे फेरीटेल कलेक्सनकी फेसन डिजाइनर सुबेक्षा भडेलले गरेकी थिइन् ।
यस्तै कार्यक्रममा कपाल सज्जा तथा शृंगार स्मृति एस गुरुङको रहेको थियो । परीको पहिरनमा भेषभुषा कार्यक्रममा प्रस्तुति गर्न पाउँदा ज्यादै उत्साहित भएको केसीले बताईन ।
नायिका केसीले अमेरिकामा रहेपनि स्वदेशी कला तथा संस्कृतिलाई प्रबर्धन गर्न कटिबद्ध रहेको बताइन । केसीले आगामी जुन १७ तारिखमा मिस नेपाल क्यालिफोर्निया २०१७ मा अतिथि कलाकारको रुपमा प्रस्तुति दिने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण