बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोजगारदाता र ट्रेड युनियनबीच सौहाद्रपूर्ण वातावरण: एफएनसीसीआई उपाध्यक्ष ढकाल

शुक्रबार, २६ जेठ २०७४, १७ : २९
शुक्रबार, २६ जेठ २०७४
काठमाडौं, जेठ २६– नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई )का उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको श्रम सम्बन्धमा निकै सुधार आएको रोजगारदाता र ट्रेड युनियनबीच सौहाद्रपूर्ण वातावरण रहेको बताएका छन् । स्वीटजरल्याण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०६ औं अधिवेशनलाई नेपालको रोजगारदाता संगठनको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति समेत रहेका ढकालले संवोधन गर्दै सो कुरा वताएका हुन् । उक्त अधिवेशनमा भाग लिन सभापति ढकाल हाल जेनेभामा छन् । अधिवेशनमा महासंघको रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले समेत भाग लिएका छन् । सम्मेलन आगामी जुन १६ तारिखसम्म संचालन हुनेछ । संवोधनमा ढकालले दुवै पक्षको सहकार्यमा श्रम ऐन सहित सामाजिक सुरक्षा ऐनको मस्यौदा तयार भएको बताउदै श्रम ऐन र सामाजिक सुरक्ष ऐन संसदबाट छिट्टै पारित हुने विश्वास व्यक्त गरे । यसवाट नेपालको श्रम सम्बन्ध सुधारमा नया“ आयाम थपिने उल्लेख गरेका छन् । यस्तै, औद्योगिक विकासका अतिरिक्त असल औद्योगिक सम्बन्ध विकासमा विश्वका विभिन्न मुलुकका प्रतिनिधिस“ग विस्तृत विचार विमर्श गर्नु हुने कार्यक्रम छ । साथै ढकालले अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय रोजगारदाता संगठनका पदाधिकारीस“ग समेत भेटघाट एवं छलफल गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप