बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिक संस्कार बसाल्न सफल : प्रचण्ड’

शुक्रबार, २६ जेठ २०७४, १७ : ५६
शुक्रबार, २६ जेठ २०७४
सोलुखुम्बु, जेठ २६ – पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीको हारजितलाई बेवास्ता गरेर भए पनि देशमा राजनीतिक संस्कार बसालेको बताएका छन् । नेकपा माओवादी केन्द्रले शुक्रबार सोलुखुम्बुको सोताङ गाउँपालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा दैनिक १८ घन्टा खटेर राजनीतिक संस्कार बसाल्न सफल भएको भन्दै संस्कार बसाल्दा निर्वाचनमा आफूहरु कमजोर हुन पुगेको उल्लेख गरे । उनले अहिले सिंहदरबारको अधिकार गाउँ, नगरमा आएको र अहिले सम्पन्न भएको निर्वाचन कुनै गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन नभएको दाबी गरे । उनले स्थानीय सरकारलाई जनसरकारको निर्वाचनको रुपमा अथ्र्याए । ‘हिजो जनताको घरआँगनमा सरकार बन्नुपर्छ भन्दा आतङ्ककारी देख्ने कांग्रेस एमाले लगायतका पार्टीहरु पनि अहिले जनसरकारमा आएका छन् । माओवादीका लागि यो नै सबैभन्दा ठूलो विजय हो ।’– उनले भने । उनले एमाले, काँग्रेस नयाँ संरचनामा निर्वाचन गराउन आनाकानी गरिरहेको आरोप लगाउँदै उनीहरुलाई पनि साथमा लिएर निर्वाचन गरेको र अब दोस्रो चरणको निर्वाचनमा भने पार्टीलाई बलियो बनाउन आफू मैदानमा उत्रिने बताए । चुनावमा केही कम सिट जितेको भए पनि मुद्दामा आफूहरुकै जित भएको भन्दै ‘प्रचण्ड’ले यो निर्वाचनमा माओवादी नै विजयी भएको गौरव स्वीकारेर उच्च मनोबलका साथ जनताको सेवामा खट्न कार्यकर्तालाई निर्देशन दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप