एमालेको चुनावीसभा विथोल्ने राजपाको प्रयास असफल
शुक्रबार, २६ जेठ २०७४, २० : २१
रामभरोसी यादव
सिरहा, जेष्ठ २६ – नेकपा एमालेले शुक्रबार सिरहाको गोलबजारमा आयोजना गरेको चुनावी सभाको विथोल्ने राष्ट्रिय जनता पार्टीको प्रयास असफल भएको छ । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावका लागि चुनावी सभा आयोजना गरेको एमालेको कार्यक्रम विथोल्न राजपा कार्यकर्ताहरुले ठाउँ ठाउँमा राजमार्गमा टायर बाल्नुका साथै प्रदर्शन गरेका थिए ।
एमाले मधेस विरोधी पार्टी भएको भन्दै राजपा कार्यकर्ताले एमालेविरुद्ध नाराबाजीसमेत गरेका थिए । मधेसमा चुनाव लड्ने एमालेको नैतिक अधिकार नरहेको भन्दै अवरोध गर्न खोजे पनि उनीहरुको प्रयास भने असफल भएको छ । विरोधकाबीच एमालेले चुनावी सभा सम्पन्न गरेको छ । सडकमा वालिएको टायर प्रहरीले निभाएर राजपा कार्यकर्तालाई सडकबाट हटाएपछि स्थिति सामान्य बनेको थियो ।
यस्तै, एमालले सडक बत्तिको पोलमा झुड्याएको झण्डा स्थानीयले हटाइदिएका छन् । निर्वाचन आचारसंहिताविपरित हुने भन्दै सार्वजनिक स्थलको झण्डा प्रहरीकै उपस्थितिमा हटाइएका हो ।
झण्डा हटाएकोप्रति एमालेको आक्रोश
निर्वाचन आचारसंहिताविपरित सार्वजनिक स्थानमा राखिएको झण्डा हटाइएकोमा एमालेले आक्रोश ब्यक्त गरेको छ । शुक्रबार गोलबजारमा भएको चुनावी सभालाई सम्वोधन गर्दै एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठले आफ्नो पार्टीको झण्डा हटाएकोप्रति आक्रोस व्यक्त गरे ।
उनले आफूहरु मधेस विरोधी नभई मधेसकै पक्षमा रहेका पनि स्पष्ट गर्न खोजेका थिए । आफ्नो पार्टीले सवै समुदायलाई समान दृष्टिले हेरिरहेको उनको भनाइ थियो । कार्यक्रममा एमालेका प्रस्तावित केन्द्रीय सदस्य तथा सांसद रामचन्द्र यादव लागायले सम्वोधन गरेका थिए ।
अधिकांश ठाउँमा उम्मेदवार घोषणा
नेकपा एमालले सिरहाका सबैजसो नगर तथा गाउँपालिकामा उम्मेदवार घोषणा पनि गरिसकेका छ । एमालेले गोलबजार नगरपालिकाको मेयरमा श्याम श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने१३ वडामध्ये ८ वटा वडाका वडा अध्यक्षको उम्मेदारसमेत छनोट गरिसकेको छ ।
गोलबजारमा नेपाली कांग्रेसले भने राजदेव साह (लाल बाबु) लाई मेयरका उम्मेदवारका रुपमा अघि सारेको छ । नेकपा माओवादी केन्द, संघीय समाजवादी फोरम लगायतका दलहरुले भने उम्मेदवार छनोट गरिसकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण