म्यानपावर ब्यवसायीले महरालाई भने– कार्यदलमा हामीलाई पनि राखियोस्
शुक्रबार, २६ जेठ २०७४, २१ : २७
काठमाडौं, जेठ २६– म्यानपावर ब्यवसायीहरुले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई शुक्रबार भेट गरी कार्यदलको आफूहरुको पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् ।
मन्त्री महराले मन्त्रीमा सपथ खाएलगत्तै वैदेशिक रोजगार समस्या समाधान गर्न कार्यदल बनाउने घोषणा गरेका थिए । उक्त कार्यदलको सदस्यमा वैदेशिक रोजगार ब्यवसायी संघका पनि प्रतिनिधि सहभागी गराइनुपर्ने माग उनीहरुले गरेका हुन् ।
कार्यदल गठन गर्ने निर्णयका राम्रो भएको भन्दै म्यानपावर ब्यवसायीहरुले कार्यदलमा संघको प्रतिनिधित्व गराउन माग गरेका हुन् । संघ अध्यक्ष विमल ढकाललाई कार्यदलमा राख्न उनीहरुले मन्त्री महरासँग माग गरेका छन् । म्यानपावर ब्यवसायीहरुको प्रतिनिधि मण्डलले कतारमा रहेका नेपाली श्रमिकको विषयमा परराष्ट्रमन्त्री महराको ध्यानाकर्षण गराएको थियो ।
कतारमाथि खाडीका चार राष्ट्रले गरेको नाकाबन्दीपछि नेपालीमाथि परेको असरबारे मन्त्रालयले सो देशमा रहेको नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहेर बुझिरहेको पनि महराले जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण