खोटाङमा चुनावी सरगर्मी बढ्यो
शनिबार, २७ जेठ २०७४, ०९ : ३४
खोटाङ, २७ जेठ - दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा खोटाङमा चुनावी चहलपहल तीव्र बनेको छ ।
जिल्लामा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँँ शक्ति पार्टीले जिल्लामा चुनावीसभा तथा प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
जिल्लामा प्रायः सबै दलले सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएपछि आ–आफ्ना पार्टीका प्रतिबद्घता लिएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी सभादेखि घरदैलो अभियानमा जुटिरहेका छन् । बा¥ह दल दर्ता भएको यस जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संयुक्त चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्ने सङ्घीय समाजवादी तथा नयाँ शक्ति, नेकपा माले र खम्बुवान राष्ट्रिय मोर्चा चुनावमा उत्रिएका छन् ।
दश स्थानीय तहमध्ये एक नगरपालिकासहित पाँच ठाउँमा महिलालाई प्रमुख उम्मेदवार बनाएको माओवादी केन्द्रले भने घोषणापत्रसमेत सार्वजनिक गरिसकेको छ । काँग्रेस, एमाले, सङ्घीय समाजवादी र नयाँ शक्तिले तयारी पूरा भइसकेको जनाए पनि सार्वजनिक गरेको छैन ।
यसपटक पनि अघिल्लो चुनावहरुमा एमाले, काँग्रेस र माओवादीबीच कडा प्रतिस्पर्धा हुने विश्लेषकहरुको अनुमान छ ।
यस जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । जिल्लास्थित क्रियाशील यी दल आफ्नो पक्षमा जनमत जुटाउन घरघरमा चुनाव चिह्न तथा झन्डा राख्दै गाउँटोलमा खटिरहेका छन् । मुख्य दलहरुले सम्बन्धित पालिका तथा वडामा कार्यालय स्थापना गरी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
मध्य वर्षाअर्थात् धान रोपाइँ गर्ने समयमा चुनावको मिति तोकिएकामा किसान असन्तुष्ट बने पनि जिल्लावासी मतदान गर्न आतुर छन् । चार सय १५ जना जनप्रतिनिधि निर्वाचित हुने यस जिल्लामा मतदाता शिक्षालाई अन्तिम चरणमा पु¥याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
यहाँ एक सय ३६ मतदान स्थलमा १७३ मतदान केन्द्र कायम गरिएको छ र एक लाख १५ हजार ६४४ मतदाता रहेका छन् । निर्वाचनका लागि सुरक्षा अवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण