बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आन्दोलनको तयारीमा रहेको राजपालाई प्रधानमन्त्रीले छलफलमा बोलाए

शनिबार, २७ जेठ २०७४, १० : ३५
शनिबार, २७ जेठ २०७४

काठमाडौं, जेठ २७– तत्काल माग पूरा नहुने देखिएपछि राजपा नेपालले आन्दोलनमा जाने तयारी गरिरहेको सन्दर्भमा प्रधामन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा देउवाले साढे ११ बजेका लागि राजपा नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

सो क्रममा देउवाले सरकार मधेसी दलले उठाउँदै आएको माग पूरा गर्न तत्पर रहेको भन्दै चुनावमा सहभागि हुन आग्रह गर्ने बुझिएको छ । शुक्रबारमात्रै संसदलाई सम्बोधन गर्दै देउवाले संविधान संशोधनलगायतका मधेसी मोर्चाको माग चुनाव पछि मात्रै पूरा गर्ने स्पष्ट पारेका थिए । देउवाको सो अभिव्यक्तिलगत्तै रुष्ट बनेका राजपा नेताहरुलाई देउवाले आस्वस्त तुल्याउन बैठक बोलाएको बुझिएको छ ।

केही दिनअघिसम्म दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधनको प्रक्रिया सुरु गर्न सहमत रहेको राजपाले फेरि पुरानै मागमा अडान राख्न थालेको हो । पार्टीले आन्दोलनका कार्यक्रम तय गर्न छलफलसमेत सुरु गरेको नेता केशव झाले बताए ।

दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने सहमतिका आधारमा राजपा प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई मतदान गर्न आएको थियो । तर, उसले शुक्रबारबाट एक्कासि संशोधनलाई न्यूनतम अडानका रूपमा लिन थालेको हो ।

सरकारले राजपाको मागअनुसार बिहीबार मात्रै संसद्बाट स्थानीय तह निर्वाचन ऐन संशोधन गरेको थियो । संशोधनलगत्तै निर्वाचन आयोगले स्थानीय तहमा भाग लिने दलमध्ये उम्मेदवार मनोनयनका लागि आधिकारिक हस्ताक्षर बुझाउन शुक्रबार सूचना प्रकाशित गरिसकेको छ । तर, राजपाका नेताहरूले आयोगले आधिकारिक हस्ताक्षर बुझाउन गरेको सूचना अमान्य भएको बताएका बताइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप