बसपार्क नहुँदा कुरुप बन्दै परासी बजार
परासी, जेठ २७– नवलपरासीको सदरमुकाम परासी बजारमा बस पार्कको ब्यवस्था नहुँदा परासी बजार अस्तव्यस्त बनेको छ । रामग्राम नगरपालिकाले लामो समयदेखि बसपार्क बनाउने बाचा गर्दै आएपनि अझैसम्म बस पार्क बन्न सकेको छैन । जसकारण परासी बजार अस्तव्यस्त बनेको छ । परासी बजार रामग्राम नगरपालिकामा पर्ने गर्दछ । यो नगरपालिका जिल्लाको सबैभन्दा पहिलो नगरपालिका हो र यहाँ जिल्लाको सदरमुकाम पनि छ । परासी बजारबाट काठमाण्डौ, भैरहवा, बुटवल, त्रिवेणी, महेशपुर, बेलाटारी लगाएतका विभिन्न स्थानमा दैनिकी सयौंको संख्यामा सवारी साधनहरु ओहोर दोहार गर्दछन् तर परासीमा सवारी साधनहरुको व्यवस्थापनमा नगरपालिकाले बेवास्ता गर्दै आएको प्रष्ट रुपमा देखिएको छ ।
चालकहरुले सवारी साधनलाई पाकिङ्ग गर्न नपाएपछि परासी बजारको मुख्य चोक बुद्धचोकमै सडकको छेउमा पार्क गर्नाले ट्राफिक जाम र दुर्घटना बढदै गएको मध्य यातायात व्यवसायी समितिका अधयक्ष ऋषिराम पौडेलले बताए । उनका अनुसार बाध्य भई सवारी साधन पसललेका अगाडी र सडकै छेउमा पार्क गर्न पर्छ जसकारण उद्योगी व्यवासायीको पसल छेकिने र भिडभाडले बाटो जाम भई बजार कुरुप बन्दै गएको बताए ।
लामो र छोटो दुरीका सवारीका साधनहरु झनै थपिदै गएका छन् । मध्य नेपाल यातायात, पश्चिम नेपाल बस ब्यवसायी संघ, शिद्धार्थ यातायात बस ब्यवसायी संघ लगायतका यातायात समितीका करिब १०० वटा जिप एवं ५० वटा बसहरुको आवतजावत हुने यस बजारमा बस पार्कको अभावले जोखिम बढदै गएको स्थानियले बताउँछन् । पछिल्लो करिब १० वर्षदेखी नगरपालिकाले आफनो भवन अगाडी कसिया सामुदायिक बनलाई मासेर बसपार्क बनाउन खोज्दा स्थानिय उपभोक्ताहरुले विवाद झिकेका छन् । नगरपालिकाले भैरहवाँ भुमही बाईपास सडमा जोडिएको उक्त बनमा बसपार्क बनाउने र सडकमा जोडिएर सटर निकाली व्यपारिकीकरण गर्न खोज्दा स्थानियले विरोध गर्दै आएका बन उपभोक्ता समितिका अध्यक्ष शिव शंकर रायले जानकारी दिए । यस हरियाली बनलाई मासिन पाइन्न, हामीले यसलाई ग्रिन पार्क र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने स्थानीयले भन्दै यो बन उपभोक्ता समितिले पाउनु पर्ने भनी अदालतमा मुद्दा समेत चलिरहेको अध्यक्ष रायले जानकारी दिए ।
नगरपालिकाले यस बन सहित हाट बजार, केरवानीको खेलमैदान समेतको जग्गालाई बसपार्कको लागि छनौट गरेको छ तर स्थानियद्धारा खेलमैदान, हाटबजार र बनको अवधारणा राखी सबैमा विवाद आएको छ । नगरपालिकाले प्रत्येक वर्ष बसपार्कको लागि रकम बिनियोग गर्दै आएछ तर पैसा सम्बन्धित क्षेत्रमा खर्च नभई फ्रिज समेत हुदै आएको छ । यस वर्षपनि नगरपलिाले बनमा बस पार्क बनाउन पाँच लाख रुपिया विनियोजन गरेको थियो तर विवादका कारण उक्त रकम खर्चिन नसकेको नगरपालिका शहरी विकास प्रमुख भगवती यादवले बताए । उनका अनुसार नगरपालिकाले लामो समयदेखि बस पार्क बनाउने प्रयासमा जुटिरहदा स्थानियद्धारा अवरोधकै कारण यो योजना विफल भैरहेको छ । जिल्लाको बर्दघाट, कावासोती, गंैडाकोट, लगायतका क्षेत्रमा बस पार्कको व्यवस्था छ तर सदरमुकामै बस पार्कको व्यवस्थापन हुन सकेको छैन । एकातिर बस पार्कको अभावले परासी बजारमा झनै प्रदुषण फैलिदै गएको छ भने अर्काे तर्फ बजारको सौन्दर्यता पनि हराएको देखिन्छ । सवारी साधनको बढदो चापले नगरपालिकालाई झनै तनाव सृजना भएको छ । फोटो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण