बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सेतो गुम्बाको भिक्षुणीहरुले यसरी गरे सडक कुकुरको उपचार (फोटोफिचर)

शनिबार, २७ जेठ २०७४, १२ : ०५
शनिबार, २७ जेठ २०७४
काठमाडौं, जेठ २७ – लिभ टु लभ इन्टरनेशनल र परम पावन धर्म गुरु ग्यालवाङ ढ्रुक्पा रिन्पोचेको सहयोगमा नार्गजुना नगरपालिका – ६, रामकोट काठमाण्डौमा रहेको ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा) का भिक्षुणीहरु र योङ ढ्रक्पा एसोसिएसन नेपालको संयुक्त आयोजनामा स्वयाम्भु, सितापाईला, आद्धेश्वर, गैरीगाँउ र ठुलो भ–र्याङ क्षेत्रमा २१२ ओटा सडक कुकुरको उपचार र उद्धार गरिएको छ । कुकुरहरुलाई रेबिजको सुई र लुतोको औषधी लगाएको थियो । सो क्षेत्रमा सडक कुकुरको भविष्यमा अरु संख्या नबढोस् भनेर केहि कुकुरहरुको स्थाई बन्धकरण समेत गरिएको थियो । आगमि दिनमा पनि सडक कुकुरको उपचार र उद्धार गर्ने कार्य निरन्तर जारी राख्ने तथा स्रोत र साधनले भ्याए सम्म यस कार्यलाई काठमाण्डौको अन्य ठाउँहरुमा पनि गर्ने कुराको जानकारी भिक्षुणी तेन्जीले दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप