काभ्रेमा २२ सय परिवारले मात्रै पाए दोस्रो किस्ता
दिनेश घिमिरे
काभ्रे, जेठ २७– सरकारले भूकम्प पडितहरुको घर निर्माणका लागि अनुदान दिने घोषणा गरेपनि स्थानिय स्तरमा यसको प्रभाव न्यून देखिएको छ ।
अनुदानको लागि सरकारले किस्ता बन्दी गरेसँगै दोस्रो किस्ता लिनेको संख्या न्यून देखिएको छ ।
काभ्रेमा हालसम्म घर निर्माण शुरु गरेका भूकम्पपीडित मध्ये २ हजार २ सय ८१ लाभग्राहीले मात्र दोस्रो किस्ताको रकम प्राप्त गर्नुले पनि पुर्ननिर्माणको ढिलाई प्रष्ट हुन्छ ।
पुर्ननिर्माणका लागि सरकारी मापदण्ड र अनुदान लिने झन्झटीलो प्रकृयाका कारण पीडितहरुले घर बनाउन नसकेको बताइन्छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यलय जिल्ला आयोजना कार्यन्वयन इकाइका उपप्रमुख अशोक अधिकारीका अनुसार, जिल्लाका ७२ हजार २ सय ११ लाभग्राही मध्ये ५ हजार ७ सय ७ ले मात्रै घर निर्माण शुरु गरेका छन् । दोस्रो किस्ताको लागि निवेदन दिने ४ हजार २ सय ७६ मध्ये ३ हजार १ सय ५८ लाभग्राही दोस्रो किस्ताको लागि योग्य भएर सिफारिस भएको अधिकारी ले जानकारी दिए ।
सम्झौता भएका ६३ हजार ५ सय ९६ जनाले नै पहिलो किस्ताबापतको रकम लिएर गएपनि नगन्यले मात्रै घर निर्माण शुरु गरेका छन् । दक्ष कामदार, इञ्जिनियरको कमि, पानी, काठ र निर्माण सामाग्रीको अभाव र प्राविधिक ज्ञानको कमिको कारण पुनर्निर्माणले गति लिन नसकेको भुकम्पपीडितहरु बताउँछन् ।
स्थानीय तहमा खटिएका इञ्जिनियरले भुकम्पप्रतिरोधी सिफारिस गरेर शहरी विकास तथा भवन निमार्ण डिभिजन कार्यलयको प्राविधिक सुवरिवेक्षण टोलीले प्रमाणित गरेपछि मात्रै जिल्ला आयोजना कार्यान्वयन इकाइमार्फत दोस्रो किस्ता वितरण हुन्छ ।
गुणस्तर र प्रविधि बमोजिम प्लिन्थ तह सम्मको निर्माण सम्पन्न भएपछि शहरी विकास मन्त्रालय अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाईले तोकिएको प्राविधिकबाट प्रमाणित भएपछि दोस्रो किस्ताको रकम पीडितको खातामा राख्ने निर्देशिकामा उल्लेख छ । प्रमाणिकरणको लागि जिल्लामा इञ्जिनियरको टोली खटिएको भएपनि स्थानिय स्त्तरमा पुर्ननिर्माणको काम सोचे जस्तो उत्साहका साथ चलेको देखिदैन ।
सरकारी नियमअनुसार लाभग्राहीले पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा १ लाख पचार हजार र तेस्रो किस्तामा थप एक लाख गरी तीन लाख पाउने व्यवस्था छ ।
पहिलो किस्ताका लागि जुन उत्साह देखिन्थ्यो त्यो अहिले नरहेको स्पष्ट छ । अधिकांश न्यून आर्थिक स्त्तर भएका ग्रामिण क्षेत्रका भुकम्प पीडितहरु महंगो निर्माण सामाग्री प्रयोग गरेर भुकम्प प्रतिरोधात्मक घर बनाउन सक्ने अवस्थामा देखिदैनन । सरकारले उपलब्ध गराएको पहिलो किस्ताको रकम अधिंकाश पीडितहरुले घर निर्माणभन्दा अन्यत्रै खर्च गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'गण्डकीको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ'
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
-
कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
-
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण