आचारसंहिताविपरीत कुनै क्रियाकलाप नगर्न आयोगको निर्देशन
शनिबार, २७ जेठ २०७४, १७ : ५७
काठमाडौँ, जेठ २७– दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ ।
निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा आज बसेको निर्वाचन आचार संहिता समितिको बैठकले निर्वाचन चिह्न अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्न÷नगराउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत÷प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीलाई तत्सम्बन्धमा अनुगमन गरी त्यस्ता आचार संहिता विपरीतका कार्य रोक्न पनि आयोगले निर्देशन दिएको छ ।
दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहको निर्वाचन आगामी असार १४ गते बुधबार विहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ ।
दोस्रो चरणको निर्वाचनका लागि धेरैजसो राजनीतिक दलले उम्मेदवार छनोट गरी निर्वाचन प्रचार सुरु गरिसकेका छन् ।
निर्वाचनमा विराटनगर र वीरगन्ज महानगरपालिका, १० उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिकाका ९० लाख ९७ हजार ५५७ मतदाताले जनप्रतिनिधि छान्नेछन् ।
निर्वाचनबाट प्रमुख/अध्यक्ष ४६१ सोही संख्यामा उपप्रमुख एवम उपाध्यक्ष, ४०८६ वडा अध्यक्ष, सोही सङ्ख्यामा महिला वडा सदस्य र दलित महिला सदस्य र आठ हजार १७२ वडा सदस्यको चयन हुनेछ । आयोगले छ हजार ७१८ मतदानस्थल, ११ हजार ९३१ मतदान केन्द्र कायम गरेको छ । (रासस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९८ वर्षको इतिहासमा पहिलोपटक दुई जना मिस इङ्ग्ल्यान्ड घोषित
-
नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव
-
स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
-
नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
-
सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण