‘स्टारडम बोझ झैँ लाग्छ,’ ऋतिक रोशनले किन यसो भने ?
भारत । ऋतिक रोशन बलिउडका यस्ता अभिनेता हुन् जसले आफ्नो पहिलो फिल्मबाट नै बक्स अफिसमा धमाका मच्चाएका थिए । फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिक रोशन रातारात प्रशंसकको मनमा छाएका छन् । उनको नृत्यलाई मन पराउने धेरै छन् । तर इन्डष्ट्रिमा नाम र चर्चा पाउँदा पनि ऋतिकलाई स्टारडम बोझ लाग्छ । आखिर यसको कारण के हो ? यसबारे ऋतिक आफैँले खुलासा गरेका छन् ।
स्टारडमबारे के भन्छन् ऋतिक ?
ऋतिक रोशले गलाट्टा प्लसलाई अन्तरवार्तामा स्टारडमबारे खुलेर कुराकानी गरेका छन् । ऋतिकले भनेका छन्, ‘एक अभिनेताको रुपमा कसैले मेरो तारिफ गर्छन् वा मेरो बारे कुरा गर्छन्, तब निकै राम्रो लाग्छ । म सुरक्षित महसुस गर्छु तर मानिसहरुको आशा मलाई एक बोझ जस्तै लाग्छ ।’
ऋतिकले भने, ‘ तर यो सबैको लागि सत्य होइन । यसले म साँच्चै धेरै सहज, शान्त छु भनेर देखाउँछ। स्टार हुनु जिम्मेवारी हो । यसका लागि म धेरै आभारी छु । मलाई गलत नठान्नुहोस्। म आभारी छु र म यो कुराको कदर गर्छु ।’
ऋतिकले थपे, ‘मलाई थाहा छ, यो मलाई दिइएको हो । यो मैले उपहारस्वरुप पाएको हुँ तर साथै यो एउटा बोझ पनि हो, जसलाई मैले बोकिरहेको छु । यसलाई कायम राख्न मैले असाध्यै मेहेनत गर्नुपर्नेछ । म यसबाट अघि बढ्न चाहन्छु । तर यो एउटा यात्रा हो । जब कुनै अपेक्षा वा आशा हुँदैन तब एक अभिनेताको रुपमा म असाध्यै नै धेरै आनन्दित महसुस गर्छु ।’
यो हो ऋतिकलाई मनपर्ने फिल्म
ऋतिकले आफ्नो फेभरेट परफर्मेन्सबारे पनि कुराकानी गरे । उनले भने, ‘मेरो विचारमा मेरो सबैभन्दा राम्रो प्रस्तुती ‘कोई मिल गया’ मा रह्यो । फिल्मको पात्रको म निकै नजिक थिएँ । हालै मैले पूरा गर्वका साथ मैले त्यो फिल्म आफ्नो छोरालाई देखाएँ । उनको आँखाबाट फिल्म हेर्दा मैले त्यसमा के राम्रो गरेँ वा के राम्रो गर्न सक्थेँ भनेर महसुस भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण