कर्णाली प्रदेश सभा : दोस्रो कार्यकालको पहिलो बैठक आज
सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बस्दैछ । गत बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएसँगै आज पहिलो बैठक बस्न लागेको हो ।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम आज दिउसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका थिए । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रूपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले अध्यक्षता गर्ने छन् ।
यस्तै पहिलो अधिवेशनको लागि प्रदेश सभा सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य विनोद कुमार शाह अहिले ११ बजे सर्वदलीय बैठक आह्वान गरेका हुन् । कर्णाली प्रदेश सभामा एक जना स्वतन्त्रसहित पाँच वटा दलहरूको प्रतिनिधित्व रहेको छ । संसद्मा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा एमालेका १०, रापप्रा र नेकपा (एकीकृत समाजवादी) को १/१ र एक जना स्वतन्त्र सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले जेलेन्स्कीलाई राख्यो वान्टेडको सूचीमा
-
अर्थतन्त्रको बर्तमान अवस्थाबारे चेम्बरद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
-
अछाममा कक्षा १२ का विद्यार्थीले पुरानै प्रश्न पत्रबाट परीक्षा दिएपछि...
-
उपेन्द्र यादवको पार्टी विभाजन, अशोक राईको नेतृत्वमा नयाँ पार्टी बन्ने
-
गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
जिल्ला प्रशासन कार्यालय पर्सालाई हिमालयन बैंकको सहयोग