पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी, हतियार, नगदसहित ५ जना सिकारी पक्राउ
बारा । पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रबाट वन्यजन्तु चोरी सिकारी गरिरहेको अवस्थामा ५ जनालाई बन्दोबस्तीका सामानसहित नियन्त्रण लिएको छ ।
निकुञ्जको पर्सा क्षेत्रको गरुणालाईन नजिकैबाट ५ जनालाई २ लाख ९० हजार ६७० नगद रकम, ल्याडक्रुजर र बोलेरो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको गोली राउन्ड १, हतियार राख्ने झोला २ वटा, हतियारको अन्य डकुमेन्ट, नाईट भिजन क्यामेरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कर्पाटमेन्ट, टर्च लाईट, मोबाईल (आईफोन) ३ थान, मदिरा र अन्य कागजपत्रसहित नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

वन्यजन्तु चोरी सिकारीमा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाउँका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी १ का ३७ वर्षीय कापस दास थारु, बारा सखुवा प्रसौनीका ४४ वर्षीय नवराज बस्नेत र खिटावल गाविस ८ टावलका ५२ वर्षीय मालदोङ तामाङ रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका रेन्जर विष्णु पौडेलको नेतृत्वमा सेनासहितको टोलीले सोमबार राति प्राप्त सूचनाका आधारमा करिव ४ घन्टाको मेहनतपछि बस्दोबस्तीको सामानसहित चोरी सिकारीमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

पर्सा राष्ट्रिय निुकञ्जभित्र वन्यजन्तु सहित यति ठुलो परिमाणमा बस्दोबस्तीको सामानसहित चोरी सिकारी नियन्त्रणमा लिएको यो दोस्रो घटना भएको निकुञ्जले जनाएको छ । यसअघि मकवानपुर क्षेत्रमा वन्यजन्तु सिकारीसँग निकुञ्ज सेनाको दोहोरो फाईरिङ समेत भएको थियो । रेन्जर विष्णु पौडेलले सोमबार राति भएको घटनामा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई टेकेर अनुसन्धान तथा कारवाही अगाडि बढाइने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण