ऋषभ पन्तको दुर्घटना कसरी भयो, उत्तराखण्डका मुख्यमन्त्री धामीले बताए
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले क्रिकेटर ऋषभ पन्तलाई आइतबार देहरादुनको अस्पतालमा भेटेका छन् ।
रुडकी नजिकै डिभाइडरमा ठोक्किएपछि शुक्रबार पन्तको देहरादूनको म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।
दिल्ली–देहरादुन राजमार्गमा खाल्डाखुल्डीबाट बच्न खोज्दा पन्तको गाडी डिभाइडरमा ठोक्किएको धामीले बताए ।
समाचार एजेन्सी पीटीआईका अनुसार सञ्चारमाध्यमसँगको कुराकानीमा सीएम धामीले भने, ‘पन्तले खाल्डो वा केही कालो चिजबाट ठोक्किने सम्भावनाबाट बच्ने कोसिस गर्दा गाडी दुर्घटना भयो ।’
दिल्ली एण्ड डिस्ट्रिक्ट एसोसिएसन (डीडीसीए) का निर्देशक श्याम शर्माले पनि शनिबार पन्तलाई भेटेर क्रिकेटरको कार खाडलबाट उम्कन खोज्दा दुर्घटनामा परेको बताए ।
स्थानीय समय अनुसार शुक्रबार बिहान ५ः३० बजे पन्तको कार डिभाइडरमा ठोक्किएको हो । यो घटना हरिद्वारको रुडकीमा भएको हो । दुर्घटना यति भीषण थियो कि पन्तको गाडी जलेर लगभग खरानी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण