कहिले आउँछ सरकारको न्यूनतम साझा कार्यक्रम ?
काठमाडौँ । उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले गत पुस १४ गते पाँच दिनभित्र न्यूनतमसाझा कार्यक्रम ल्याउने उद्घोष गरे । सत्ता साझेदार सबै दलको विचार र दृष्टिकोणलाई समेट्ने गरी साझा न्यूनतम कार्यक्रम ल्याइने उनको भनाइ थियो ।
उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा माओवादी उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धवल शमशेर राणा सहित जसपा, जनमत पार्टीका एक–एक जना थप्ने गरी कार्यदल बनाउने निर्णय भयो ।
अहिलेसम्म जसपा र जनमत पार्टीबाट कार्यदलमा कसलाई राख्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । कार्यदलको बैठक एक पटक बसे पनि दोहोर्याएर बस्न नसकेको राप्रपाका नेता राणाले बताए । ‘कार्यदलको बैठक एक पटक बस्यो । आ–आफ्नो पार्टीको घोषणापत्र बमोजिम तयारी गरेर ड्राफ्ट ल्याउने सहमति भयो,’ राणाले भने, ‘त्यसपछि कहिले बैठक बस्ने हो, थाहा छैन । अर्थ मन्त्रीज्यूले बोलाउनु भएको छैन । उहाँले जहिले बोलाउनु हुन्छ, त्यहिले बस्छ ।’ तर, आफ्नो पार्टीबाट सामान्य गृहकार्य गरेको राणाले बताए ।
यस्तै रास्वपाका प्रवक्ता ढकालले आ–आफ्नो पार्टीबाट साझा न्यूनतम कार्यक्रममा समेट्ने विषयमा ड्राफ्ट तयार गरेर ल्याउने भनिएपछि दोहोर्याएर बैठक बस्न नसकेको स्वीकार गरे । आज वा भोलिसम्म बैठक बसेर साझा न्यूनतम कार्यक्रम ल्याएर घोषणा गरिने ढकालको दाबी छ । गृह मन्त्री लामिछानेले घोषणा गरेको ५ दिन सकिन एक दिन मात्रै बाँकी छ । लामिछानेले भने अनुसार मंगलबार साझा न्यूनतम कार्यक्रम ल्याउनुपर्ने भए पनि त्यस बमोजिम तयारी हुन सकेको छैन । कार्यदलका सदस्यहरूले समेत निर्धारित समय सकिन लाग्दा पनि आफ्नो तर्फबाट तयारी पूरा गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण